मुख्य समाचार
सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

खेलकुद
नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा

Kanchan24 330+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

कञ्चनरूप । रूपनगर क्याम्पसले आयोजना गरेको ’नन्दराज कप’ फूटबल प्रतियोगिता महुली क्लबले जित्यो। सुन्दरी खेल मैदानमा आज सम्पन्न फाइनल खेल महुली क्लबले जगतपुर क्लबलाई १–० गोलले हराएर २५ हजार रुपियाँ नगद‚ शिल्ड‚ मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा दोश्रो हुन सफल जगतपुर क्लबले ११ हजार रुपियाँ नगद‚ शिल्ड‚ मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका अध्यक्ष गिरिराज सङ्ग्रौलाले ’नन्दराज कप’ फूटबल प्रतियोगिताका विजेता तथा उपविजेता क्लबलाई नगद पुरस्कार तथा शिल्डले सम्मानित गर्नुभएको जानकारी क्याम्पसले दिएको छ। क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले विजेता क्लबका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गर्नुभयो भने क्याम्पस सञ्चालक समिति सदस्य तथा कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवी बहादुर खत्रीले उपविजेता टोलीका खेलाडीहरूलाई मेडल लगाइदिएर सम्मान गर्नुभयो। त्यसै गरी‚ जिल्ला खेलकुद विकास समिति‚ सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्रले सम्मानित गर्नुभयो। १६ वटा फूटबल टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट‚ टप स्कोर र‚ बेष्ट गोलकिपर‚ म्यान अफ द म्याच लगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी क्याम्पसका खेलकुद संयोजक रूपेश चौधरीले दिनुभयो। रूपनगरको सुन्दरी खेल मैदानमा यही फागुन ०७ गते आरम्भ भएर फागुन १७ गते सम्पन्न प्रतियोगिता रूपनगर क्याम्पस फूटबल टोली लगायत बाबा बजरङवली युवा क्लब‚ जगतपुर फूटबल क्लब‚ महुली फूटबल क्लब‚ जोगमोहन फूटबल क्लब‚ धर्मेश्वर फूटबल क्लब‚ सृजना फूटबल क्लब र श्री नव युवा क्लबको सहभागिता रहेको थियो। त्यसै गरी‚ बलुवा फूटबल क्लब‚ मगरटोल फूटबल क्लब‚ रिभरसाइड फूटबल क्लब‚ भुवनपट्टी फूटबल क्लब‚ डिआर युके एस फूटबल क्लब‚ प्रोग्रेसिभ फूटबल क्लब‚ श्री माँ दुर्गा फूटबल क्लब र बसन्तपुर फूटबल क्लबले भिडन्त गरेका थिए। ’जवाफ एजुकेसन’सगुन सङ्ग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन ’एक्मी इञ्जिनियरिङ कलेज’ ले गरेको थियो। त्यसै गरी‚ खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो। उहाँका अनुसार दिनेश भुजेल‚ हेम प्रसाद अधिकारी‚ पुनम गजुरेल‚ डेफोडिल इङ्ग्लिस स्कुल‚ श्रवण कुमार चौधरी‚ शुभ दिप दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भयो। राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले अधिकांश खेल खेलाउनु भएको जानकारी प्रतियोगिता आयोजक समितिले दिएको छ । 
समाचार स्रोत: रूपनगर क्याम्पस फिचर सेवा 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार