मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

सिरोहियाको गिरफ्तारीबारे सुनेर आफू अचम्मित र दुःखी भएको :माधव कुमार नेपाल

Anil Pokharel 37+ समाचार ( )
९ जेठ २०८१, बुधवार

राजबिराज । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीबारे सुनेर आफू अचम्मित र दुःखी भएको बताए। “यो कुरा सुनेर अचम्मित भएको छु र दुःख पनि लागेको बताउका छन । 

सप्तरीको मलेठमा कार्यकर्ता तथा पाटी प्रवेश कार्यक्रममा सहभागी हुन सप्तरी आउँदा अध्यक्ष नेपालले बुधबार राजविराजमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।
पूर्व प्रधानमन्त्री नेपालले भने, “स्वच्छ मिडिया, राम्रो मिडिया चलाए बापतको दण्ड हो कि? कुनै बदलाको भावनाले यो भएको हो कि ? बुझ्न सकेको छैन ।
उनले सिरोहिया जनकपुरका बासिन्दा भएको सबैलाई थाहा भएकै उल्लेख गर्दै उनका पुर्खा पनि त्यहीँ बस्दै आएको सुनाए। “सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा नै गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय छ,” नेपालले भने, “एउटै नम्बरको दुई नागरिकता छ भने पाउनेलाई केही हुँदैन । यो प्रशासनतिर सोझिन्छ ।”
गम्भीर अपराधमा संलग्न व्यक्तिलाई समात्नु स्वाभाविक भए पनि सिरोहियाको हकमा त्यस्तो नभएको नेपालको भनाइ थियो । “सोधपुछ गरेर सत्यतथ्य पत्ता लगाउन सकिन्छ। उनले सहयोग गर्न तयार नै हुनुहुन्थ्यो। तर यो गिरफ्तारी विचित्रको भयो,” नेपालले भने ।
सिरोहियाको गिरफ्तारीको एकीकृत समाजवादीले भर्त्सना गरेको भनाइ छ । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरी  उनलाई धनुषा ल्याएइको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै