मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

रुपनी काण्डै काण्डले कुरूप बन्दै

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
२१ माघ २०८१, सोमबार

कञ्चनरूप । सप्तरी जिल्लाको रुपनी गाउँपालिका पछिल्लो समय काण्डै काण्डमा मुछिदै गएपछि कहिँ नभएको जात्ना हाँडी गाउँमा भने जस्तै यति बेला गाउँपालिकामा जात्रा जात्रामा रुमलिएको छ ।
यतिवेला रुपनी गाउँपालिकामा विज्ञापनको कमिसनको रुपैयाँमा ताकेता गरेको भिडियो समाजिक सञ्जालमा चर्चामा हेको छ । एक युटुवरलाई लाखौको विज्ञापनको भुक्तानी गरे पछि सोको रकमका लागी  पालिका अध्यक्ष दिनेश कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवले दुवैले ताकेता गरेको आवज सहितको भिडियो  सर्वजनिक भएको छ । 
यस अघि नौ लाख ११ हजार ९२५ रुपियाँ पर्ने जस्मिन हाइजिन प्रोड्रक्ट प्रा.लि. मोरङद्वारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी आठ लाख ७४ हजार बराबरको भ्रष्टाचार गरेको भन्दै रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो भलै सबैले सफाया पाए तर गाउँपालिका माथि लागको दागले सफाया भने पाएन । 
गत आर्थिक वर्षको साढे चार महिनामा गाउँ सभा गरी ल्याएको बजेट पनि विवादित रहदाँ पालिकामा कार्यरत कर्मचारी तथा विभिन्न विद्यालयमा कार्यरत शिक्षक तलब भत्ता खुवाउ भन्दै आन्दोलनै गर्नु पर्यो त्यही समयमा पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव कुलेलाम ठोक्नु रहस्य के होला स्थानीय पालिका बासीहरूले समेत बुझन सकिरहेका छैनन् । यी नै जात्रा चलिरहेको बेला फेरी अर्को विज्ञापनको भुक्तानी जात्रा थपिएको छ ।  
यता पालिका भित्रकै युवक किरण कुमार जयसवाल र अध्यक्ष दिनेश यादव र निवर्तमान वडाध्यक्ष पीताम्बर यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा जात्रा छँदैछ । 
भने कमिसनको खेलमा रुमलिँदै प्रत्येक बर्स रुपनी गाउँपालिका विभिन्न शीर्षकमा बेरुजु थपिदै हाल सम्म आई पुग्दा  १८ करोड ४५ हजार रहेको महालेखा पाक्षिकको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार