मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

अनेरास्ववियुद्वारा चिसाङ घाटको सरसफाई (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२८ माघ २०८०, आइतबार

लेटाङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु लेटाङ नगर कमिटीले स्थानीय चिसाङ घाटको सरसफाई गरेको छ । लेटाङ क्षेत्रमा निधन भएका मानिसहरुको अन्तिम संस्कार गर्ने मुक्तिघाटको रुपमा रहेको चिसाङ खोलाको पूर्वतर्फको घाटमा अनेरास्ववियुले सरसफाई गरेको हो । मुक्तिघाटमा शब जलाएपछि दाउराहरु त्यतिकै छाडिंदा फोहोर भएको भन्दै जनगुनाशो आइरहेका बेला अनेरास्ववियुले सरसफाई गरेको हो । 

सरसफाई कार्यक्रममा अनेरास्ववियु लेटाङ नगर कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य राजेश ढकाल, मोरङ जिल्ला कमिटी उपाध्यक्ष रुपेश खड्का, सदस्य सन्तोष भण्डारी, लेटाङ क्याम्पसका स्ववियु सभापति छवि श्रेष्ठ लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । घाट व्यवस्थित नहुँदा खोलामै शव जलाउने गरिएकाले शव जलाएर बाँकी रहेका दाउराहरु त्यतिकै खोलामा छाडिदिंदा फोहोर देखिनुका साथै दाउराहरु समेत खेर जाने गरेको छ । 

यसैबीच सोही स्थानमा लेटाङ नगरपालिकाले निर्माण गरिरहेको शबदाहस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लेटाङ नगरपालिकाको लगानीमा निर्माण भइरहेको शबदाहस्थल १ महिना भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको लेटाङ नगर प्रमुखका स्वकियसचिव समेत रहनु भएका अनेरास्ववियु मोरङका उपाध्यक्ष रुपेश खड्काले जानकारी दिनुभयो ।

अनेरास्ववियुले विभिन्न रचनात्मक सामाजिक काम गर्ने क्रममा चिसाङ घाटको सरसफाई गरेको हो । अनेरास्ववियुले यसअघि लेटाङका विकट वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, पाठ्यपुस्त र खेलसामाग्री प्रदान गर्ने, विद्यालय मर्मत गर्ने जस्ता सामाजिक काम गरिसकेको छ । 

भिडियो हेर्न https://fb.watch/q8wn24lFXN/  मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार