मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

चार घण्टाभित्र दम्पतीको मृत्यु, त्रियुगा खोलामा पुरुषको शव फेला

Kanchan24 358+ समाचार ( )
एकै रात वृद्ध दम्पतीको बिछोड, सप्तकोशीमा ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिए
७ चैत्र २०८२, शनिबार

राजविराज । सप्तरीमा शुक्रबार र शनिबार भएका दुई छुट्टाछुट्टै घटनाले जिल्लाभर शोकको वातावरण सिर्जना गरेको छ। रुपनी गाउँपालिका–४ छपकीमा चार घण्टाको अन्तरालमा वृद्ध दम्पतीको मृत्यु भएको छ भने सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा खोलामा एक पुरुषको शव फेला परेको छ। दुवै घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने प्रहरीले खोलामा शव फेला परेको घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्लाको रुपनी गाउँपालिका–४ छपकी निवासी ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीया श्रीमती दुर्गीवती सदाको शनिबार रातिदेखि आइतबार बिहानसम्म करिब चार घण्टाको अन्तरालमा निधन भएको हो।

वडा नम्बर ४ का वडाध्यक्ष छेदी इसरका अनुसार फुलेश्वर सदाको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो भने उनकी श्रीमती दुर्गीवती सदाको आइतबार बिहान करिब ६ बजे निधन भएको हो। छोटो समयमै दम्पती दुवैको मृत्यु भएपछि छपकी गाउँ शोकमग्न बनेको छ।

दुर्गीवती सदा केही दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट हर्नियाको शल्यक्रिया गराएर घर फर्किएकी थिइन्। शल्यक्रियापछि स्वास्थ्य अवस्था कमजोर रहेकाले श्रीमान् फुलेश्वरले उनको नियमित हेरचाह गर्दै आएका थिए।

स्थानीयका अनुसार दम्पती दुवैजनाको जातीय परम्पराअनुसार गाउँ नजिकै अन्त्येष्टि गरिएको छ। लामो समयसम्म सँगै जीवन बिताएका दम्पतीको एकै रात भएको बिछोडले गाउँमा भावुक दृश्य सिर्जना गरेको स्थानीयवासीले बताएका छन्।

यता, सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा खोलामा शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक स्थानीय खोरिया टोल निवासी ५५ वर्षीय शेरबहादुर बिष्ट रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिष्टको शव शुक्रबार दिउँसो त्रियुगा खोलाअन्तर्गत चन्द्र नहरको हेडवर्क्स क्षेत्रमा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सप्तरीमा छोटो समयमै घटेका यी दुई दुःखद घटनाले जिल्लाभर गहिरो संवेदना र चासोको वातावरण बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार