मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

जयमाला गुप्ता मृत्यु प्रकरण
जयमाला मृत्यु प्रकरणमा पक्राउ परेका साहलाई कारागार चलान

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

कञ्चनरूप  । जयमाला गुप्ता मृत्युको घटना प्रकरणमा पक्राउ परेका पप्पु भनिने सञ्जीव प्रसाद साहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
तीन महिनाअघि सप्तरीको कञ्चनरूप नगरपालिका – ८ की ५७ वर्षीया जयमाला गुप्ता मृत्यु भएको प्रकरणमा पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश सञ्जीव पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन ।
गत ज्येष्ठ ९ गते सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ की ५७ वर्षीया जयमाला गुप्ताको सवारीका ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । लामो समय सम्म पनि ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन ।
प्रहरीको लामो अनुसन्धान पछि कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का पप्पु भनिने सञ्जीव साहलाई यस प्रकरणमा साउन २१ सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका साहलाई साउन २१ गते सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएकोमा साउन २४ गते थप पाँच दिनको म्याद थप गरिएको छ । 
जेष्ठ ९ गत राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
ठक्कर दिने व्यक्तिको खोजी गर्न मृतकका छोरा डा. तुला कृष्ण गुप्ता सहितका परिवारजन निरन्तर प्रहरी समक्ष अनुरोध गर्दै आएका थिए । प्रहरीले ढिलासुस्ती गरेपछि पछिल्लो अढाई महिनादेखि जागिरमा नगएर अनुसन्धानमा आफै सक्रिय भई धेरै प्रमाण जुटाएर प्रहरीलाई बुझाउँदा समेत प्रहरीले दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने चासो नदिए पछि किटानी जाहेरी दिएको जयमाला गुप्ताका छोरा डाक्टर तुला कृष्ण गुप्ताले बताएका थिए ।  उनले भने यो घटना दवाव र प्रभाव पारी प्रभावकारी रूपले अनुसन्धान अगाडि बढ्न दिएकोले  आफ्नै बल बुताले अदालत सम्म पुर्याएको बताए थिए । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार