मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

एसईईमा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई सम्मान

Kanchan24 236+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

कञ्चनरूप  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई राष्ट्रिय  सरदार (बाँतर) सङ्घ र सरदार बाँतर युवा समाज नेपालले संयुक्त रुपमा बधाई तथा सम्मान गरेको छ । 
सप्तरीको कञ्चनरूप स्थित मिथिला पार्टी प्यालेसमा शनिबार कार्यक्रम गरी २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका २० जना विद्यार्थीलाई सम्मान गरेको हो । 
सम्मानित विद्यार्थीहरूलाई मधेश प्रदेस सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदार, राष्ट्रिय  सरदार (बाँतर) सङ्घका अध्यक्ष भोलानाथ सरदार, सरदार बाँतर युवा समाज नेपालका अध्यक्ष किशोर कुमार सरदार kanchn24.com का सम्पादक अनिल पोखरेल , अवलोकित दैनिकका पत्रकार किशोर पासवान गायतले उनीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरे थिए
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेश सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदारले विद्यार्थीहरू भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । उनले सूचनाप्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने विद्यार्थीलाई सुझाव दिए । सदस्य सरदारले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुर्नुपर्नेमा जोड दिए । 
 
प्रतिक्रिया

बसन्त ३० आषाढ २०८१, आइतबार

सम्पुर्ण मा शुभकामना ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार