मुख्य समाचार
रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड |
मुख्य समाचार
रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड |


बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ

Anil Pokharel 36+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

कञ्चनरुप । राजविराज सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल बैंकमा कार्यरत सुरक्षागार्ड पर्शुराम फुँयालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले आईतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।  

नेपाल बैक लिमिटेड फत्तेपुर शाखाका कार्यरत सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी हत्या फरार रहेका सप्तकोशी नगरपालिका वडा नम्बर .५ बस्ने ३२ वर्षीय चन्द्र बहादुर सुवेदीलाई चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथर बाट प्रहरीले शनिवार पक्राउ गरी आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 
बैशाख २७ गते मा सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा फत्तेपुर स्थित  रहेको नेपाल बैक लिमिटेड शाखामा लुटपाट गर्ने उद्देश्यले बैक भित्र प्रवेश गरी सुरक्षार्थ रहेका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयाललाई खुकुरीले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
हत्यामा संलग्न उनकै नातेदार भित्र रहेका सुवेदी सुरक्षा गाड हत्या गरी लुकी छिपी चितवनको राप्ती नगरपालिका –१ लोथरमा बस्दै आएकामा उनलाई शनिवार पक्राउ गरी सप्तरी ल्याएको प्रहरी जनाएको छ  ।  सुवेदीले २७ बैशाखको बिहान करिव साढे ३ वजे खुकुरीले हानेर फुँयालको हत्या गरेको बैंकको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले  जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय वाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक सहयोग र अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यालय सप्तरी समेतको सयुक्त अनुसन्धान टोलीले उक्त बैकमा रहेको सिसिटिभी फुटेजको अध्ययन विषलेश्ण गरी घटनामा संलग्न रहेका सुवेदीलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको पत्रकार सम्मेलनमा बताए ।
पक्राउ परेका सुवेदीका साथबाट घटनामा प्रयोग भएको खुकुरी, झोला, घटनाको समयमा लगाएको जुत्ता, पन्जा, सेन्डो, टोपी, सल, घटनमा प्रयोग भएको हेक्सो बलेड, रिन्च, पिलास, डोरी, रड र वारदात स्थलमा प्रयोग गरेको काठ समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार अभियुक्त सुवेदी सशस्त्र प्रहरीमा नौ वर्ष जागिर गरेर छोडेका थिए । बेरोजगारी र ऋणको चपेटामा रहेको उनले घट्ना भन्दा पाँच दिन अघि बैकमा प्रवेश लुटपाटको योजना बनाएको थियो ।

घट्नामा संलग्न अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिए ।
सशस्त्र प्रहरीमा कार्यरत सुवेदीले ०७९ मै जागिरबाट राजिनामा दिएको पाईएको छ । स्थानीयका अनुसार ऋणमा चुर्लुम्मै डुबेका सुवेदीले पैसा फिर्ता गर्न नसकेपछि मानसिक रुपमा विछिप्त हुँदै गएका उनी घरमा वस्ने, झोक्राउने र छरछिमेकमा पनि खुलेर कुराकानी गर्न छोडेका थिए । उनले अर्को कुनै उपाय नदेखेपछि वैंक लुटेर ऋण तिर्ने योजना बनाएको हुन सक्ने प्रहरीको पनि अनुमान छ । तर, यो विषय अनुसन्धान गर्न बाँकी नै रहेको डीएसपी नेपालको भनाई छ ।
प्रहरीका अनुसार सुवेदी मृतक फुँयालका कान्छो ज्वाई तर्फका नातेदार (ज्वाईँ) हुन । सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका फुयाल विहीवार बिहान बैंकमै मृत फेला परेका थिए। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि उनी विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्डको रुपमा कार्यरत थिए। उनका श्रीमती २ छोरा र २ छोरी छन् ।
उनको शनिवार बिहान सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार