मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

सप्तरीमा तीन दिनदेखि जारी आन्दोलन सहमतिसँगै टुंगियो

Kanchan24 358+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

राजविराज । सप्तरीमा विगत तीन दिनदेखि जारी आन्दोलन सहमतिसँगै टुंगिएको छ। शुक्रबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा दिनभर भएको छलफलपछि दुबै पक्षबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको हो।

राजविराज नगरपालिका–१ का अफरोज आलमले हिन्दु समुदायका भगवान् श्रीकृष्णप्रति सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गरेपछि हिन्दु युवाहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा शुक्रबार राजविराजसहित जिल्लाका विभिन्न बजार तथा यातायात सेवा बन्द गरिएका थिए।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आलमले लिखित तथा मौखिक रूपमा माफी माग्दै भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो। सहमतिअनुसार सबै पक्ष, वर्ग र समुदायले सामाजिक सद्भाव कायम गर्ने, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट वा शेयर गर्दा अन्य व्यक्ति, समुदाय, जात वा वर्गको भावनामा चोट नपुर्‍याउने र उल्लंघन भए कानुनअनुसार कारबाही गर्ने निर्णय गरिएको छ।

यसअघि सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीको आस्थामा चोट पुर्‍याउने टिप्पणी गरिएको आरोप लगाउँदै राष्ट्रिय बजरंग दल र हिन्दु सम्राट सेना समर्थकहरूले राजविराजमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण छोटो तथा लामो दूरीका यातायात सेवा प्रभावित भएका थिए भने सरकारी कार्यालयमा समेत आंशिक असर परेको थियो। सप्तरी जिल्ला अदालतले एक दिनका लागि सेवा प्रवाह स्थगित गरेको थियो।

हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा चोट पुर्‍याउने कार्यप्रति कडा कारबाही हुनुपर्ने बताएका थिए। यसअघि राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका थिए।

उक्त ज्ञापनपत्रमा राजविराज नगरपालिका–१ रहमतपुर टोल निवासी अफरोज आलमले भगवान् श्रीकृष्णलाई लक्षित गरी अपमानजनक र घृणायुक्त अभिव्यक्ति दिएको आरोप लगाइएको थियो।

यता आलमले भने तीन वर्षअघि भूलवश त्यस्तो टिप्पणी भएको भन्दै क्षमायाचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पुनः यस्तो कार्य नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार