मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |
मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |

१ सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवस
मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य

Ambika Dahal 18+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

राजविराज  । उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश अच्चुत कुमार आचार्यले मानव विकासको सुरुवात देखी नै महिलाहरू माथि श्रममा शोषण गरिने गरेको बताउनुभएको  ।

१ सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमुख अतीथि  को आसन बाट बोल्दै न्यायाधीश आचार्यले अमेरिकामा पनि श्रमको मूल्य महिलालाई बराबर नभएको  र श्रमको मूल्य पुरुष बराबर नभएको कारण श्रम शोषणको विरुद्ध अमेरिकामा सन् १९०८ मा १५ हजारभन्दा बढी महिलाहरूले श्रम शोषणको विरुद्धमा र्‍याली निकालेका र   त्यसपछि सबैभन्दा पहिले लन्डनले मान्यता दिएको बताउनुभयो ।  

जब श्रमको मूल्य पुरुष र महिला बराबर गर्न थालियो अनि अमेरिकामा पुरुषलाई पनि महिला जस्तै सम्बोधन गर्न थालेको बताउनुभयो  । अगाडि बोल्दै  अमेरिकामा पुरुषलाई पनि महिला जस्तै सम्बोधन गरिन्छ । जस्तै अङ्ग्रेजीमा सी भनेर पुरुषलाई पनि महिलालाई पनि भनिन्छ। यस अर्थमा नेपालले पनि श्रमिक महिलाहरूको श्रम शोषणको विरुद्धमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको हो र सन् १९७५ मा रूस र लन्डनमा पनि मान्यता दिइएको कुरा प्रमुख अतीथि आचार्यले बताउनुभयो। अगाडि बोल्दै हाम्रो समाज र देशमा पनि पहिलेको भन्दा धेरै परिवर्तन आइसकेको छ । जस्तैः पहिले महिलाहरूले उच्च शिक्षा हासिल गरेको भेटिँदैन थियो। भने अहिले महिला प्रमुख जिल्ला अधिकारी अधिकृत र महिला विभिन्न पदहरूमा महिलाहरू लाई भेटिन्छ। २०४७ सालको संविधानको मुलुकी ऐनको सातौँ संशोधनले छोरीलाई ३५ वर्ष पुगेपछि अंश पाउने तर विवाहिता छोरीले अंश नपाउने व्यवस्था गरेको छ। २०६३ को संविधानले महिलाको हक‚ प्रजनन अधिकार महिला विरुद्ध हुने दण्डहीनता र छोरासरह हक दिने व्यवस्था गरेको बताउनुभयो ।


 त्यस्तै अर्का  अतिथि माननीय न्यायाधीश माधव धितालले महिला महालक्ष्मी महासरस्वती र महाकाली सबैको रूप रहेको हाम्रो देशले राष्ट्रपति महिला पाइसकेको सभामुख पनि पाइसकेको र अब प्रधानमन्त्री  पाउन बाँकी रहेको बताउनुभयो। हरेक देशको कानुन भूगोल सामाजिक परिवेश सामाजिक रहनसहन को आधारमा कानुन बनिनु पर्ने बताउनु भयो । बलात्कारका घटनाहरू धेरै छन् तर उनीहरूलाई कस्तो खालको सजाय हुनुपर्छ भन्ने कानुन बनाउनेले विचार पुर्‍याउनु पर्ने बताउनुभयो।

अर्का वक्ता उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता धर्म अवतार कोइरालाले हामीहरूले ए माग्न आएका पीडितहरूलाई हामीले गरेको सकारात्मक व्यवहारले उनीहरूको मनोबल उच्च हुने गर्दछ र राहत पाएको महसुस गर्ने बताउनुभयो । 

त्यसैगरी सप्तरी जिल्ला बार एकाइका उपाध्यक्ष धर्मेन्द्र यादवलेहाम्रो जिल्लामा गाउँ गाउँमा धेरै यस्ता हिंसा पीडित तर मुद्दाहरू बाहिर नआउने र गाउँमै दबाब दिएर मिलाउने गरेको तर चित्त नबुझेमा बिस्तारै बिस्तारै त्यो र त्यतिबेलासम्म कानुनलाई आवश्यक पर्ने धेरै कुराहरू नष्ट भइसक्ने कुरा बताउनुभयो। यसो हुनमा राजनीति पहुँच भएकाहरूले कमजोरलाई दबाएर जबरजस्ती यी मुद्दाहरु मिलाउन खोज्नु सबैभन्दा ठूलो विडम्बना रहेको बताउनुभयो ।  

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकी वरिष्ठ उपाध्यक्ष अम्बिका दाहालले हरेक क्षेत्रमा महिलाको सहभागिता पुरुष बराबर हुनुपर्ने तर कानुन व्यवसायी क्षेत्रमा पनि महिलाको सहभागिता कमै देखिन्छ देखिएको कुरा बताउनुभयो । पछिल्लो समय बालिकाहरू धेरैभन्दा धेरै बलत्कृत भइरहेका घटनाहरु आइरहेका कुराले आफूलाई चिन्तित बनाएको र यस्ता घटनालाई रोक्नका निम्ति पहिले छोरीलाई छोरा बराबर शिक्षा दिनुपर्ने र छोरीलाई मात्र संस्कार दिएर नहुने छोरालाई पनि संस्कार दिनुपर्ने कुरा बताउनुभयो। छोरी घरदेखि लिएर आफ्नै गाउँ आफ्नै देशमा हरेक ठाउँमा असुरक्षित रहेको कुरा बताउनुभयो। बलात्कारीलाई कडाभन्दा कडा कानुनको सजाय हुनुपर्ने कानुनमा व्यवस्था हुनुपर्ने कुरा बताउनुभयो ।

अर्का वक्ता अधिवक्ता सुजित कुमार पोखरेलले महिलाहरूलाई विवाह पश्चात् पनि घरपरिबाट सहयोग हुने हो भने सबै क्षेत्रमा सफल हुन सक्ने बताउनुभयो ।

एकल महिला कि मधेस प्रदेश उपाध्यक्ष अनिता देवकोटाले मधेसमा दहेजका कारण पनि धेरै महिलाहरुले आफ्नो ज्यान आहुती दिनुपरेको र दहेजैन छोरीलाई शिक्षा दिउँ भन्ने कुरामा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय‚ महिला तथा बालबालिका सेवा केन्द्र का प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले महिला तथा बालबालिका सेवा केन्द्र नेपाली प्रहरीबाट निस्शुल्क निवेदन लेखिन्छ तर पीडितलाई बिचौलियाहरूले छ सात हजार रुपैयाँ लिएर बाहिर निवेदन लेखेर ल्याउने गरेको बताउनु भयो । किनकि पीडितले पैसा तिरेपछि मात्र हामीले न्याय पाउँछौं भन्ने खालको विश्वास उनीहरुमा बिचौलियाले भरिदिएको कुरा बताउनुभयो । आर्थिक वर्षमा १४०० मुद्दा आएको ६२६ सहमतिमा सफल भएको बताउनुभयो। भने ८२१ ले न्याय पाउन सफल भइसकेको बालबालिकामा पनि अपहरण शरीर बन्धक जस्ता मुद्दाहरू आइरहेको बताउनुहुन्छ । 

उच्च अदालत जनकपुर इजलास मेलमिलाप समितिकी नासु शर्मिला चौधरीले महिलाहरूलाई अवसर दिने राष्ट्र आजसम्म आर्थिक रुपमा सबल रहेको कुरा बताउनुभयो कार्यक्रमको सञ्चालन गर्दै कानुन व्यवसायी मनु खनालले महिलाहरूलाई वकालत पेशामा अहिले पनि समाजले विश्वास कम गर्ने गरेको बताउनुभयो। आफूहरुलाई यो पेशामा अहिले पनि धेरै नै कठिनाइ भएको कुरा बताउनुभएको छ।   लिएर पीडितहरू कानुन व्यवसायी भएको ठाउँमा आइपुग्दा महिला कानुन व्यवसायी देखेपछि तपाईंहरुले पनि बहस गर्न सक्नुहुन्छ भन्ने खालका प्रश्नहरु गरेको कुरा बताउनुभयो अहिले पनि पितृसत्तात्मक सोचका कारण महिलाले पनि पुरुष बराबर काम गर्न सक्छन् भन्ने खालको सोचमा परिवर्तन नआएको बताउनु भयो ।

वरिष्ठ वकिल हिम्मत सिंह‚ प्रदेश कानुन सहायता अधिकृत शर्मिला रेग्मी‚ कानुन व्यवसायी एम नारायण यादव लगाएतले मन्तव्य दिनुभएको थियो भने  । कार्यक्रममा वरिष्ठ वकिल हिम्मत सिंह र निवृत शिक्षिका मञ्जु श्रेष्ठलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान पनि गर्नुभएको थियो ।

स्वागत मन्तव्य कानुन व्यवसायी निलम यादवले दिनुभएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद धन्यवाद ज्ञापन कानुन व्यवसायी रञ्जिता रिजालले गर्नुभएको थियो । जिल्लाबारमा भएको उक्त कार्यक्रमको अध्यक्षता कानुन व्यवसायी दानो चौधरीले गर्नुभएको थियो ।

  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार