मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि

Kanchan24 314+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

नर्मदेव यादव, रुपनी । होलीको रङ अझै गाउँका आँगनमा सुक्न नपाउँदै चुनावको माहोलले देशभर वातावरण तताएको थियो। कर्तव्य निभाउन टाढाबाट आउनुभएका सुरक्षाकर्मी तथा कर्मचारीहरू आ–आफ्नो जिम्मेवारीमा खटिनुभएको थियो। त्यही क्रममा रामेछाप–२ साधुटारस्थित साँगुटार ‘ख’ मतदान केन्द्रमा खटिनुभएका सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुर निवासी ४५ वर्षीय सहायक प्रहरी निरीक्षक ९असई० परशुराम यादवको दुर्घटनामा निधन भएपछि गाउँ शोकमा डुबेको छ।

स्थानीय बुद्धिलाल यादवका सुपुत्र असई परशुराम यादव २०५९ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो। अनुशासित, मिलनसार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा परिचित उहाँ घरबाट आमाबुवाको आशीर्वाद, श्रीमती ललिता देवी यादवको आशा र तीन सन्तान—जेठा १२ वर्षीय सुरज, १० वर्षीया आशिका र ८ वर्षीय अमन—को मुस्कान साथमा बोकेर निर्वाचन ड्युटीमा खटिनुभएको थियो।

सोमबार साधुटारस्थित मतदान केन्द्रतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। गाडीमा मतदान अधिकृत डोल प्रसाद घिमिरेसहित सुरक्षाको कमाण्ड सम्हाल्नुभएका असई यादव र अन्य कर्मचारीहरू सवार हुनुहुन्थ्यो। दुर्घटनामा परेर असई यादवको घटनास्थलमै निधन भएको थियो भने मतदान अधिकृत घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दर्जनभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी घाइते भएका छन्।

दुर्घटनापछि उहाँको पार्थिव शरीर नेपाल प्रहरीको सहयोगमा शववाहनमार्फत मंगलबार बेलुका घर ल्याइएको थियो। घरमा पार्थिव शरीर राखी आफन्त तथा गाउँलेहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। आमा रामवती देवी यादव र बुवा बुद्धिलाल यादव शोकले अचेतजस्तै बन्नुभएको थियो। ७५ वर्षीय बुवाले लठी समातेर आँगनमा उभिँदा उपस्थित सबैका आँखामा आँसु झरेको थियो। श्रीमती ललिता देवी र सन्तानहरू बारम्बार अचेत हुने अवस्था रहेको स्थानीयले बताएका छन्।

अन्तिम श्रद्धाञ्जली तथा शवयात्रामा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, गाउँका प्रबुद्ध व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल प्रहरी रुपनी इलाका प्रहरी कार्यालयका प्रमुख गंगा चौधरीसहितको टोली पनि उपस्थित थियो।

घरदेखि पूर्वतर्फ रहेको खाँडो नदीमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो। जेठा छोरा १२ वर्षीय सुरज यादवले दागबत्ती दिनुभएको थियो। सो अवसरमा मधेश प्रदेशस्थित रुपनी प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी नेतृत्वको टोलीले पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर पुष्पमाला अर्पण गरी सलामी दिएको थियो। प्रहरी टोलीले शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको थियो।

नेपाल सरकारले किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध गराउने तथा निर्वाचन ड्युटीका क्रममा निधन भएकाले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ।

मधेसको होली पर्व र लोकतन्त्रको महत्त्वपूर्ण घडीबीच आएको यस दुःखद घटनाले रुपनी गाउँपालिका–१ नकटी रायपुर शोकमग्न बनेको छ। “उहाँ केवल प्रहरी अधिकृत मात्र होइन, हाम्रो गाउँको अभिमान हुनुहुन्थ्यो,” स्थानीयवासीहरू भावुक हुँदै भन्छन्।

रङको पर्व र लोकतन्त्रको उत्सवबीच आएको यस घटनाले कर्तव्यको मार्गमा समर्पित एक राष्ट्रसेवक गुमाएको पीडा गाउँलेहरूले सधैं सम्झिरहने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार