मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |
मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |


नोवेल एजुकेशनको वर्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित (फोटो फिचरसहित)

Kanchan24 1+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

लेटाङ । लेटाङ ८ स्थित नोवेल एजुकेशन एण्ड डेभ्लोप्मेन्ट फाउण्डेशनले आफ्नो १८ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । नोवेल एजुकेशनले वर्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुती र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरेको छ ।

वर्षिकोत्सवको अवसरमा नोवेल एजुकेशनले वर्षका उत्कृष्ट १० जना विद्यार्थीलाई सम्मान गरेको छ । पठनपाठन, अनुशासन लगायत अतिरिक्त क्रियाकलापको नतिजाका आधारमा विद्यालयले १० जना विद्यार्थीलाई स्टुडेन्ट अफ दी इयरको रुपमा सम्मान गरेको हो । 

जसमध्ये तनिसा लिम्बू सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन् भने शुभाश्री पाण्डे फष्ट रनरअप र शिला खतिवडा सेकेण्ड रनरअप बन्न सफल भएकी छन् । यसैगरि कञ्चन तामाङ चौथो, सभ्या पाण्डे पाँचौं, एञ्जल राई छैटौं, करिना काफ्ले सातौं, युनिस्का लिम्बू आठौं, सजीना लिम्बू नवौं र क्यारोलिन लिम्बू दशौं बन्न सफल भएका छन् । 

वर्षिकोत्सवको अवसरमा २०७९ सालको एसइइ परीक्षामा संस्थागत विद्यालय मध्येमा छात्र र छात्रा दुवैतर्फ नगरमै उत्कृष्ट बन्न सफल नोवेल एजुकेशनका २ जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ ।  

यसैगरि नोवेल एजुकेशनले उत्कृष्ट ३ जना अभिभावकलाई पनि वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । उत्कृष्ट अभिभावक झल्का बस्नते, रिता बस्नेत र निरा ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरि तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल तेक्वान्दो खेलका प्रशिक्षक राजन राई, उत्कृष्ट शिक्षक वेनु दवाडी र शान्ता नेम्वाङलाई सम्मान गरिएको छ । 

यसैगरि अन्य विद्यालयमा गएर समेत उत्कृष्ट नतिजा ल्याइ प्रदेश प्रमुखबाट सम्मानित भएका पूर्वविद्यार्थी विनम पाङ्मी मगरलाई पनि विद्यालयले नगदसहित सम्मान गरेको छ । नोवले एजुकेशनले विद्यालयलाई उत्कृष्ट नतिजा दिलाउन सफल विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई समेत हौसला स्वरुप मायाको चिनो प्रदान गरेको छ । 

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा, लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारी, लेटाङ ८ का वडाध्यक्ष भीम पोखरेल, वडासदस्य नवीन लिम्बू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नोवेल एजुकेशन पठन पाठन मात्र नभएर हरेक क्षेत्रमा नगरको उत्कृष्ट विद्यालयको रुपमा रहेको भन्दै अझ सफलताको शुभकामना दिनुभयो । उहाँले नोवेल एजुकेशनले कक्षा ११ सञ्चालनको तयारी गरिरहेको जानकारी आएको भन्दै त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । 

कार्यक्रममा बोल्दै लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारीले नोवेल एजुकेशनले न्यून शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै गुणस्तरीय शिक्षाका लागि अन्यत्र जानुपर्ने अवस्था नोवेलले अन्त्य गरिदिएको बताउनुभयो । नोवेलले प्रदान गरिरहेको गुणस्तरको शिक्षा प्राप्त गर्नुपर्दा अन्यत्रका विद्यालयमा निकै महंगो शुल्क तिर्नुपर्ने भन्दै उहाँले नोवेलले निकै कम शुल्कमा उच्च गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । 

वर्षिकोत्समा विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धि र आगामी कार्ययोजना बारे जानकारी दिनुभयो । उहाँले चाँडै कक्षा ११ को पठन पाठन शुरु गर्ने तयारी गरिरहेको पनि बताउनुभयो ।  

वर्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच हण्डीफोर, डोरी तान, म्युजिकल चियर र तौल अनुमान लगायतका मनोरञ्जनात्मक खेल पनि खेलाइएको छ । जसमा विजेता हुने अभिभावकहरुलाई विभिन्न खाद्यान्न उपहार प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरका छन् ।  कौडा, हुर्रा लगायत पहिचान झल्किने गीतहरुमा विद्यार्थीहरुले निकै आकर्षक नृत्य प्रस्तुत गरे । यस्तै कतिपय विद्यार्थीहरुले गीत गाएर समेत मनोरञ्जन प्रदान गरेका छन् । 

वार्षिकोत्सवमा साना साना विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्देश्यले र्याम्प समेत प्रस्तुत गराइएको थियो भने अभिभावकहरुलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले विद्यार्थीहरुबाट अभिभावकलाई सम्मान गर्ने कार्यक्रम समेत गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न शीर्षकमा मन्तव्य व्यक्त गरे भने विद्यार्थीहरुले प्रत्यक्षरुपमा चित्र कोरेर आफ्नो कला समेत प्रस्तत गरेका थिए । विद्यालयले विद्यार्थीहरुमा चित्रकलाको विकासका लागि अलग्गै शिक्षकको व्यवस्था गरेर विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै आएको छ । यसैगरि वर्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न विज्ञान प्रदर्शनी समेत गरेका छन् । कक्षामा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीरुले विज्ञान प्रदर्शनी राखेका थिए ।  

नोवेल एजुकेशन डेभ्लोप्मेन्ट एण्ड फाउण्डेशनले पछिल्लो समय पठन पाठनका साथै अतिरिक्त कृयाकलापलाई समेत जोड दिंदै आएको छ । यस विद्यालयले केहीवर्ष यता एसइइ परीक्षामा नगरका सँस्थागत विद्यालयमध्ये छात्र र छात्रा दुवैतर्फ उत्कृष्ट नजिता हासिल गर्दै आएको छ भने तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक समेत जितेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार