मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

अध्यक्ष घनश्याम खतिवडा गृहनगरमा, दुःख पीडामा परेका जनतासँग भेटघाट तथा नगर अस्पताल अनुगमन

Kanchan24 1+ समाचार ( )
५ पौष २०८०, बिहीबार

लेटाङ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गृहनगर आएर दुःख पीडामा परेका जनतासँग भेटघाट तथा नगर अस्पताल अनुगमन गर्नु भएको छ । नेकपा एमालेको सम्वृद्धिका लागि संकल्प अभियान सकेर गृहनगर लेटाङ आइपुग्नु भएका अध्यक्ष खतिवडाले दुःख पीडामा परेका नगरवासीसँग भेटघाट तथा नगर अस्पताल अनुगमन गर्नु भएको हो ।

उहाँले रुस युक्रेन युद्धका क्रममा युक्रेनी सेनाद्वारा बन्दी बनाइएका लेटाङ ३ का विकास राईको घरमा पुगेर परिवारसँग भेटघाट गरि सान्त्वना दिनु भएको छ । उहाँले नेपाल सरकार र दुतावाससँग समन्वय गरि विकासलाई नेपाल फर्काउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

पूर्व सांसद समेत रहेका अध्यक्ष खतिवडाले लेटाङ ३ विरनमा रहेको नगर अस्पतालको अुनगमन गरि सेवा प्रवाह र बस्तुस्थिति बारे जानकारी लिनु भएको छ । लेटाङ ३ का वडाध्यक्ष समेत रहेका नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डम्बर राईले अस्पतालले सेवा प्रवाहमा सुधार गरेको भएपनि भौतिक संरचना अभावका कारण समस्या भएको बताउनुभयो ।

जवाफमा अध्यक्ष खतिवडाले इमर्जेन्सी सेवा भवनको व्यवस्थापन लगायतका भौतिक संरचना निर्माणका लागि आफुले प्रदेश र संघीय सरकारसँग समन्वय गरि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा नेकपा एमाले लेटाङ नगर कमिटी सचिव जीतबहादुर लामा लगयात नगरका अग्रज वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

यस्तै प्रदेश अध्यक्ष खतिवडाले लेटाङ ३ निवासी स्वर्गिय मैनादेवी घिमिरेको निवासमा पुगि श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार