मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

पडेमाराका अग्निपीडितलाई बाँतर सरदार समाजद्वारा राहत सामग्री प्रदान

Kanchan24 358+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

कञ्चनरूप ।  सप्तरीको कञ्चनरूप नगरपालिका ५ पडेमारामा आगलागीबाट घर नष्ट भएका अग्निपीडितलाई नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रिय समिति र नेपाल बाँतर सरदार समाज उत्थान केन्द्र केन्द्रिय समितिले राहत सामग्री प्रदान गरेका छन ।

बाँतर सरदार समाज र सप्तरीको कञ्चनरूप नगरपालिका ५ पडेमारा टोलका अग्निपीडित १६ परिवारलाई खाद्यान्न लत्ता कपडा, लगायत सामग्री प्रदान गरेको हो । बाँतर सरदार समाजले मोरङ सुनसरीले संयुक्त रुपमा पीडितलाई चामल, मुरही नुन, चिनी, धोती, साडी, तन्ना, झुल, सावन , सर्फ सहिन प्रति परिवारलाई नगद २ हजार ८ साय रुपैया प्रदान गरेको नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका महा सचिव श्याम सुन्दर सरदारले बताए । 

गत बैशाख ९ गते दिउँसो पडेमारामा आगलागीले २४ घर, त्यहाँ रहेको अन्नपात, लत्ताकपडा, चौपाया जलेर करिब २५ लाख बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । हावाहुरीको मौसममा अचानक भएको आगलागीले एकछिनमै टोल भरिकै घर जलाइदिएको थियो । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । यो गाउँमा पछिल्लो दुई दशकमा ६ पटक आगलागी भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार