मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

“जाँते बजार लै लै, स्वास्थ्य शिक्षा सिकौं हजार.....”

Kanchan24 1+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

मोरङ । आमा समूह बनाउ है, गाउँ घरैमा चेतना जगाउँ है, मोरङ जिल्ला जाँते बजार, जाँते बजार लै लै, स्वस्थ्य शिक्षा सिक्नुहोस् हजार । मंगलबार दिउँसो लेटाङ नगरपालिकाको सभाहलमा यो गीत गुञ्जिरहेको थियो । २ जना स्वास्थ्य स्वयम् सेविकाले अगाडी बसेर गीत गाइरहेका थिए भने अरुले तालि बजाएर साथ दिइरहेका थिए । तर यो कुनै साँस्कृतिक वा सांगीतिक कार्यक्रम थिएन, थियो त स्वास्थ्य स्वयम् सेविकाहरुको भेला, जहाँ स्वास्थ्य स्वयम् सेविकाहरुले जनचेतना जगाउने गीत गाएर सुनाएका थिए । 

 मंगलबार लेटाङ नगरपालिकाको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरुले यसरी गीत गाएर सुनाएका हु्न् ।

कार्यक्रममा नगरपालिकाले नगर क्षेत्रभित्र कृयाशील स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, स्वास्थ्य शाखा प्रमुख केशव रिजाल लगायतले स्वस्थ्य स्वयम्सेविकाहरुलाई खादा, टीक लगाएर सम्मान गर्नुभयो ।

यसैगरि सो अवसरमा सेवनिवृत्त भएका २ जना स्वयम्सेविकालाई पनि सम्मानसहित विदाइ गरिएको छ। उमेरहदका कारण सेव निवृत्त हुनु भएकी कमलादेवी बुढाथोकी र मिलन किराँतीलाई सम्मान गर्दै विदाई गरिएको हो । दुवैजनालाई नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले दोसल्ला ओडाएर सम्मानपत्र र नगद २० हजारसहित सम्मान गर्नुभयो । 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरौलाले स्वास्थ्य स्वयमसेविकाहरुले ज्यादै न्यून सेवा सुविधामा पनि स्वयमसेवाको भवानाले स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले पहिलो डाक्टरको रुपमा रहेका स्वयमसेविकाहरुको भूमिकाका कारण मात्र समग्र देशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन संभव रहने बताउनुभयो । 

यसैगरि प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वास्थ्य स्वयमसेविकाहरुले सेवा सुविधा न्यून पाएपनि उनीहरुको सामाजिक उपस्थिति दरिलो बन्ने तथा विभिन्न अवसर पाउने भएकाले आफ्नो कर्तव्यपथमा निरन्तर लाग्न आग्रह गर्नुभयो । 

यस्तै स्वास्थ्य शाखा प्रमुख केशव रिजालले स्वास्थ्य स्वयम सेविका मार्फत नेपाल सरकारले प्रवाह गर्ने स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु बारे जानकारी गराउनुभयो । 

कार्यक्रममा सेवा निवृत्त हुनु भएकी स्वास्थ्य स्वयम सेविका कमलादेवी बुढाथोकीले आफ्नो अनुभव सुनाउनुभयो । उहाँले ४५ सालदेखि स्वास्थ्य स्वयम सेविका भएर काम गर्दाका सुख दुःखका कथा सुनाउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार