मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

खोर्सानेमा मीनी महोत्सव सुरु

Kanchan24 1+ समाचार ( )
असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने मेलामा प्रमोद खरेल, लाहुरे, लगायतका चर्चित कालकारहरुको समेत प्रस्तुती रहनेछ
२५ भाद्र २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा सोमबारदेखि खोर्साने मीनी महोत्सव सुरु भएको छ । सुन्दर खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय किस्ती खोलाको किनारमा राजमार्ग दक्षिणको खाली ठाउँमा मीनी महोत्सव सुरु गरिएको हो । स्थानीय क्षेत्रको व्यापार प्रवर्धन, पर्यटन प्रवर्धन, कला संस्कृति संरक्षण, खेलकुद क्षेत्रको विकास र मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको मेलाको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले गर्नुभयो । खासगरि मेलाबाट आम्दानी भएको रकमलाई खेल क्षेत्रको विकासमा लगानी गर्ने तथा क्लवको भवन निर्माण गर्न खर्च गरिने मेलाका व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिनुभयो । 

 मेलामा आज सोमबार सञ्जिव धिमाल र विराट डान्स सेन्टरका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोलि मंगलबार चर्चित गायीका आस्था राउतको प्रस्तुती रहने आयोजक क्लवका अध्यक्ष काजीमान लिम्बूले जानकारी दिनुभयो । असोज १३ गतेसम्म १९ दिन सञ्चालन हुने मेलामा प्रमोद खरेल, लाहुरे, लगायतका चर्चित कालकारहरुको समेत प्रस्तुती रहनेछ भने रोटेपिङ लगायतका खेल मनोरञ्जन पनि राखिएको छ । मेलको मुख्य प्रयोजक सरु काष्ठ फर्निचर उद्योग सुन्दरहरैंचा ११ बेलेपुर रहेको छ भने प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार