मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल मा सुत्केरी महिलाको मृत्यु, परिवारद्वारा प्रदर्शन

Kanchan24 333+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

कञ्चनरूप। सुत्केरी महिलाको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर आइतबार तनावग्रस्त बनेको छ। उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले प्रदर्शन र नाराबाजी गरेका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने संतोष सदाकी २५ वर्षीया श्रीमती सुजानदेवी सदा गर्भावस्थामा समस्या भएपछि शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। स्थानीय शिवशङ्कर पण्डितका अनुसार उनलाई शल्यक्रिया मार्फत बच्चा निकालिएको थियो।

परिवारका सदस्यहरूले शनिबार राति स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सक खोज्दा उपलब्ध नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार राति नै सुत्केरीको मृत्यु भएको थियो। मृतकका आफन्तहरूले अस्पताल प्रशासनको लापरबाहीले ज्यान गएको भन्दै दोषी चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। प्रदर्शनका क्रममा केही समूहले अस्पतालको मूल गेटमा टायर बालेर नाराबाजीसमेत गरेका थिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। दिलीप साहले भने शल्यक्रियामा कुनै त्रुटि नभएको दाबी गरेका छन्। उनका अनुसार बान्ता हुँदा अन्न श्वासनलीमा पुगेर ९एस्पिरेसन० मृत्यु भएको हो। वार्डमा नर्सहरू उपस्थित रहेको र उपचारमा ढिलाइ नभएको उनले बताए।

घटना पछि सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी ले अस्पताल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ। घटनाको छानबिन गर्नुपर्ने माग उठिरहेका बेला स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार