मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

कञ्चनरूपमा बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु, उपचारका लागि धरान रेफर

Kanchan24 327+ समाचार ( )
२६ पौष २०८२, शनिबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शुक्रबार साँझ करिब ७ः३० बजेको समयमा कञ्चनरूप नगरपालिका–१२ धरमपुरमा एकदुई दिनकी नवजात बालिका रोइरहेको अवस्थामा भेटिएकी हुन्।

स्थानीयका अनुसार  मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि कपडामा बेरेर छाडिएको अवस्थामा नवजात शिशु फेला परेको हो। शिशुको सालनाल काटिएको, डाइपर लगाइएको र सामान्य कपडामा बेरेर राखिएको अवस्था देखिएपछि स्थानीयले तत्काल उद्धार गरेका थिए।

उद्धारपछि शिशुलाई उपचारका लागि स्थानिय धम्ृेश्वर अस्पतालमा लगिएको थियो। तर स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि धरानस्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

हाल नवजात शिशुको उपचार जारी रहेको र अवस्था चिकित्सकको निगरानीमा रहेको प्रहरीले जनाएको छ। शिशुलाई कसले र किन बेवारिसे अवस्थामा छाड्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार