मोरङ । आज दिउँसो गएको भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । मंगलबार दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरिले जानकारी दिनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ । बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् । ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो ।
भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।