मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Kanchan24 333+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

कञ्चनरूप सप्तरी प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ घर भएका ३६ वर्षीय चन्दन कुमार सिंहलाई प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो ।
जग्गा किन्ने नाउँमा सोही ठाउँ निवासी भगवान लाल यादवसँग ४८ लाख ७५ हजार रुपैयाँ सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछि त्यति रकम बराबरको दिएको चेक पनि बाउन्स भएपछि यादव प्रहरीमा पुगेका थिए । 
प्रहरीले बैङ्किङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछि अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । 
यस्तै गरी कुटपिट मुद्दाका दुई फरार प्रतिवादीलाई समेत बुधवार पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का अजय कुमार खङ्ग र विजय मण्डल रहेका छन  । दुवैलाई कैदजरिवानाको भुक्तानका लागी सप्तरी जिल्ला अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार