मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |
मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |


अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द

Kanchan24 198+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

अन्तरपार्टी प्रतिस्पर्धामा नेका नेता डा। शेखर कोइरालाको बिरोध यात्रा यता छलाङ्गमा बदलिएको छ। खासगरी पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रधानमन्त्री केपी ओलीका प्रति उहाँको प्रहार तीक्ष्ण हुदै गएको छ। यसले मेरो मन मनमा केही जिज्ञासाहरू उत्पन्न भएको छ। तर, पहिले यस यथार्थलाई स्मरण गरौं कि नेपाली काँग्रेस वस्तुतः सत्तासँग नजिक रहने पार्टी हो । बि।स।२००७ ताका गोरखा दलका एकाध अपवादका कुरालाई नजर अन्दाज गर्ने हो भने राणा९काँग्रेस संयुक्त सरकारबाट बिपी कोइराला बाहिरिनुको सर्वाधिक मुख्य कारण सत्ताको संचालनमा निर्बाध सुविधाको उपयोग गर्न नपाउनु एक मुख्य कारण हो। यसरी नै पछिल्लो समय अर्थात बिस २०५१ पश्चातको संसदमा कुनै एक दलको बहुमत नरहेको अवस्थाको अस्थिरतामा नेपाली काँग्रेसको भुमिकाबाट पनि सत्ता र काँग्रेसको प्रेम बुझ्न सकिन्छ। डा। शेखर कोईरालाले यसलाई अनदेखा गर्ने कुनै आधार छैन। ल अब अगाडी बढौं,

१। संसदमा नेपाली काँग्रेसको संख्यात्मक स्थितिले एक्लो नेकाको सरकार बन्ने कुनै संभावना छैन। कुनै पनि हालतमा । यदि, नेका सत्तामा रहनु छ भने प्रष्टतः  विकल्पहरू छन्ः

क। माओवादी र नेकाको गठबन्धन सरकार बनोस्। यसको नेतृत्व माओवादीले गरोस् वा नेकाले। यस्तो भै सकेको छ। माओवादीले नेकाको नेतृत्व मानेन। माओवादीको नेतृत्वमा नेका सहज रहेन। यसमा भारत र चीनको इच्छाले पनि उतिकै प्रभाव पारेको हो।

ख। माओवादी वा एमालेको नेतृत्वमा सरकार बनोस्। यस्तो सरकार बनेकै हो। यस अवस्थामा नेकाको भुमिका प्रतिपक्षको हो, जुन नेकाका लागि सह्य रहेन र अन्ततः नेका त्यस गठबन्धनमा विभाजनको लोभी पापी खेल खेल्नबाट आफुलाई राजनीतिक ब्रह्मचर्यको अनुशासनमा बाँध्न सकेन। 

ग। अब, एमाले र नेकाको गठबन्धन। जुन अहिले कायम छ, चल्दैछ। सरकारको नेतृत्व अहिले एमालेसँग छ, प्रम ओलीको अद्यावधि भनाई अनुसार केही पछि नेका सभापतिमा नेतृत्व जानेछ। नेपाली काँग्रेस भित्र सरकारको नेतृत्व यही संसदमा वा पार्टीको यही अवस्थामा डा. शेखर कोइरालामा जाने कहीं कतै कुनै संभावना देखिन्न। 

यस सन्दर्भमा मेरो जिज्ञासा छ(डा।शेखर के चाहनु हुन्छ ? उहाँको कित्ता के हो ? के उहाँ नेकाको भुमिका निरपेक्ष प्रतिपक्षको रहोस् भन्ने चाहेको हो भने न त उहाँले यो बुझिने गरि भन्न सक्नु भएको छ। न त सरकारमा आफ्ना मानिसहरूलाई न पठाएर व्यवहारतः उहाँले देखाउन सक्नु भएको छ। 

यदि उहाँले सरकारमा नेतृत्व एमालेको र हैकम वा हालीमुहाली काँग्रेसको खोज्नु भएको हो भने यो किमार्थ पनि संभव छैन। स्वयं उहाँको काँग्रेसले पनि आफ्नो पालोपैचोमा यसो हुन दिने छैन। यो अभ्यास पुरानै हो। 

बामपन्थीसँग सत्ता सहकार्यका बारेमा डा। शेखरको बिचार स्थिर देखिएन। माओवादी नेतृत्वको बेला माओवादीको काँधमा बन्दुक राखेर नेका उपर प्रहार, एमाले नेतृत्वको बेला तिनको आलोचना गरेर देउवालाई तारो बनाउन खोज्ने जस्तो देखियो। फेरी केन्द्रमा एमालेको बिरोध र प्रदेशमा उनै एमालेको सहयोगमा आफ्ना सहकर्मीको सरकार बनाउने जस्तो विरोधाभाष पनि देखिए कै हो । 

२। भ्रष्टाचारका बारेमा डा। साहेबको बिचारमा पनि अलमल देखिन्छ। व्यक्तिहरूका आधारमा कमानबाट बाण तान्ने शक्तिको फरक फरक प्रयोग गर्ने गरिएको बुझिन्छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रकरणमा शुरुमा डा। शेखर मौन देखिनु भयो। जब पार्टी सभापति देउवाले खाँणलाई जोगाउनु भएन, स्वयं खाँणको भाषा देउवाका खिलाफमा देखिइन थाल्यो, बाल कृष्णसँग डा। शेखरको सम्पर्क बढदै गयो। आज भोली बालकृष्ण डा, शेखरसँगै रहेको सुनिन्छ। हालै मुद्दामा परेका अर्का एक प्रमुख नेता पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत यस अधि देउवासँग थिए। उनको पनि देउवासँग दुरी बढदै गयो। अहिले उनि उपर भ्रष्टाचारको मुद्दा लागेपछि डा। शेखरको कुनै प्रतिकृया देखिएको छैन। वर्तमान गृहमन्त्री रमेश लेखकका बारेमा डा। शेखरको प्रतिकृया बडो कठोर रूपमा आएको छ। यसबाट स्वयंको पार्टी भित्र शेखर कोइराला विवादमा तानिनु भएको छ। गम्भीर रूपमा उहाँले गृहमन्त्रीको राजिनामाको माग गर्नु भएको छ भने आफु उपर पार्टीबाट आउन सक्ने स्पष्टीकरणको मागलाई पन्छाउनु पर्ने दायित्वमा पर्नु भएको छ। यस सवालमा डा। शेखरको अडान बाहिर लोकप्रिय देखिएपनि पार्टी भित्र उहाँको पक्ष निकै कमजोर छ। 

अनि यसलाई पनि जोडेर हेरौं(अहिले गृहमन्त्री रमेश लेखकको मानव तस्करी तथा इमिग्रेसन प्रकरणमा जुन तह तथा जस्तो सादृश्य तथ्यहरूको आधारमा संलग्नता देखिन्छ, शेरबहादुरजी की पत्नी तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम मुछिएको बालकृष्ण खाँण वाला मुद्दा के कति फरक तथ्यहरू थियो र ? अहिले रमेश लेखकको संलग्नताको जस्तो बलियो मसिनो आधारहरू चर्चामा आएको छ यसभन्दा आरजु म्याडमको त्यस मुद्दामा संलग्नताका आधार के कम थियो र ? यसमा डा. साहेबले देउवालाई पछार्न अपेक्षाकृत कमजोर मानिस लेखकलाई ठुलो अचानोमा लडाउन रणनीतिक रूपमा ठिक ठान्नु भयो। 

पार्टी सभापति देउवाका विपक्षमा डा. शेखर एउटा भरपर्दो बिकल्प हो। अनेक दृष्टिकोणबाट अपेक्षित बिकल्प हो। यस निम्ति उपयुक्त बातावरण बनाउने दायित्व उहाँ कै हो। आफ्नो पक्षलाई पहिरो जानबाट रोकेर थप शक्तिको आर्जन तथा सुरक्षण रणनीति तर्जुमा गर्नु उहाँको बुद्धिमानी हुनेछ। यद्यपि यस निम्ति केही लेख्नु मेरो काम तथा उद्देश्य होईन। मैले त यति नै भन्न चाहेको हुँ कि यता तिर, हालसाल डा। शेखरका कुराहरू सुन्दा बढी ‘गनगन’ हुन लागेको हो कि रु सरकारका बारे सधैं गनगन, माओवादीका बारे पनि एमालेका बारे पनि। सरकारपनि चाहिने गनगन पनि गरिराख्ने ! कर्ण प्रिय भएन कि डा। साहेब !

जय प्रकाश आनन्दको फेसबुक स्टाटसबाट 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार