मुख्य समाचार
घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो |

कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी

Kanchan24 335+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार
कञ्चनपुर । सप्तरीको कञ्चनरूप नगरपालिका–४ कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको श्रीराधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। रथयात्रा सम्पन्न गर्न ५ लाख ६२ हजार ३ सय ४२ रुपैयाँ खर्च भएको आयोजक श्रीश्री १०८ राधाकृष्ण मन्दिर युवा रथयात्रा समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
रथयात्राका लागि विभिन्न व्यक्ति, व्यवसायी, विद्यालय तथा संघसंस्थाबाट ६ लाख ६४ हजार ७ सय ९४ रुपैयाँ प्राप्त भएको छ भने ३५ हजार २ सय ६ रुपैयाँ उठ्न बाँकी छ। यसरी कुल संकलन हुने रकम ७ लाख रुपैयाँ पुगेको छ।
खर्चमध्ये सबैभन्दा बढी रथको मुख्य भाग निर्माणमा १ लाख ४२ हजार ५ सय ५ रुपैयाँ र फलामे फ्रेम तथा टायरमा ९५ हजार ४ सय रुपैयाँ खर्च भएको छ। किराना तथा खाजा सामग्रीमा ६१ हजार ९ सय २१, सिटी सफारी, साउन्ड सिस्टम, विज्ञापन, ब्यानरलगायतमा ४६ हजार ६ सय ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
रथ सजावटमा फूल, बत्ती, झुमर, गजुर, बुट्टा, पोसाक तथा अन्य सामग्रीमा समेत उल्लेख्य रकम खर्च भएको छ। सांस्कृतिक प्रस्तुतितर्फ बस्तीपुर र फत्तेपुरका नेवार समुदायबाट पञ्चेबाजा तथा लाखे नाचका लागि रकम उपलब्ध गराइएको समितिले जनाएको छ।
२ सय ६३ भन्दा बढीको आर्थिक सहयोग

रथयात्राका लागि २ सय ६३ जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन्। सबैभन्दा बढी भारतको बिहारस्थित पिपराका बसन्तकुमार गुप्ताले ४१ हजार रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै ड्याफोडिल सेकेन्डरी स्कुलले २१ हजार, भैरव स्वर्णकारले १६ हजार ५ सय ५, चिल्ड्रेन मोडल स्कुल र बालबोध माध्यमिक विद्यालयले १५ हजार ५ सय ५ रुपैयाँका दरले सहयोग गरेका छन्।
आर्थिक सहयोगबाहेक विभिन्न व्यक्ति तथा संस्थाले स्वयंसेवक, सवारी साधन, डिजे, ब्यानर, खानेपानी तथा प्रसादसमेत उपलब्ध गराएका थिए। अन्नपूर्णा मल्टिपल क्याम्पसका ५० जना र सर्वोदय माध्यमिक विद्यालयका २५ जना स्वयंसेवक परिचालन भएका थिए।
भक्तजनका लागि राजकुमार साह बरमझियाले ५५ किलो तथा अन्य व्यवसायीले समेत बुनिया प्रसाद सहयोग गरेका थिए।
हिसाबमा १ लाख ३७ हजार ६ सय ५८ रुपैयाँ
समितिको विवरणअनुसार ७ लाख संकलन हुने र ५ लाख ६२ हजार ३ सय ४२ रुपैयाँ खर्च हुँदा १ लाख ३७ हजार ६ सय ५८ रुपैयाँ बाँकी रहन्छ।
यसमा १ लाख २ हजार ४ सय ५२ रुपैयाँ नगद मौज्दात र ३५ हजार २ सय ६ रुपैयाँ उठ्न बाँकी रहेको उल्लेख छ। दुवै रकम जोड्दा १ लाख ३७ हजार ६ सय ५८ रुपैयाँ हुन्छ।
समितिले रथयात्रालाई सफल बनाउन सहयोग गर्ने दाता, संघसंस्था, व्यवसायी, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई धन्यवाद दिँदै आगामी वर्ष अझ भव्य रूपमा रथयात्रा आयोजना गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार