मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

हनुमाननगर कङ्कालिनी नगरपालिकामा शिक्षक र कर्मचारीद्वारा अनिश्चितकालीन तालाबन्दी

Kanchan24 324+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

कञ्चनरूपविगत ५ महिनाको तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक र कर्मचारीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन ।   
आइतबार दिउँसो ३ बजे शिक्षक तथा कर्मचारीहरूद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा नगरपालिकाको मूल ढोकामा तालाबन्दी गरेका हुन् । 
तलब, भत्ता माग गर्दै आन्दोलनरत नगरपालिका अन्तर्गत कार्यरत विद्यालय शिक्षक कर्मचारीहरूले दशैँ, तिहार र छठ पर्व जस्तो प्रमुख चाडपर्वमा समेत तलब भत्ता नदिँदा समस्या भएको भन्दै तलब नपाउँदा अहिले छाक टार्न नै समस्या भएको कारण तालाबन्दी गर्न बाध्य भएको संयोजक यादवले बताएका छन । 
तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नू परेको आन्दोलनरत शिक्षक कर्मचारीहरूले बताए ।
धर्ना दिदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ । शिक्षकले आन्दोलन गरिरहँदा नगरपालिकाका प्रमुख बिरेन्द्र माझी पितृ शोकमा परेका छन् । मेयरलाई समस्या हुँदा उप मेयर र वडा अध्यक्ष भेट्न समेत नआएको उनीहरूको गुनासो छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्ययनरत छन । शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि उनीहरूको पठन पाठन  समेत ठप्प भएको छ ।
उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । ती सबैले 
तलब माग्दै शिक्षकले गत ६ कात्तिकमा नगरपालिकाका प्रमुख सहितकालाई ज्ञापन बुझाएका थिए । ६ दिनको अल्टिमेटम दिएर ज्ञापन बुझाउँदा समेत ध्यान नदिएपछि ११ कात्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार