मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

हिलेथाम फूटबलको उपाधि साँगुरीगढी धनकुटालाई

Kanchan24 1+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

-तिलक राई

केराबारी । मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा सम्पन्न प्रथम हिलेथाम फूटबल कपको उपाधि साँगुरीगढी धनकुटाले हात पारेको छ । सोमबार भएको फाईनल खेलमा साँगुरीगढी गाउँपालिका धनकुटाले मिक्लाजुङ गाउँपालिका मोरङलाई २ का बिरूद्ध ३ गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेतका साँगुरीगढीले ट्रफिसहित नगद ७५ हजार हात पारेको छ । 

यता उपविजेतामा चित्त बुझाउन बाध्य मिक्लाजुङ गाउँपालिका मोरङले ट्रफिसहित नगद ५० हजार पाएको छ । मिक्लाजुङले सेमीफाइनलमा कानेपोखरीलाई पराजित गरेको थियो भने साँगुरीगढीले पथरीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।   

हिलेथाम पर्यटन तथा खेलकुद विकास समिति केराबारी २ सिंहदेवीको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिचिङले ट्रफि तथा नगद पुरस्कार  प्रदान गर्नुभयो । यसैगरि उत्कृष्ट गोलकिपर, डिफेन्डर, म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिएको छ । 

केराबारी गाउँपालिका वडा नम्बर २ को पर्यटन तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका र वडा नम्बर २ रहेकोमा सिंहदेवी खेलकुद विकास समितिको समेत सहयोग रहेको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगितामा साँगुरीगढी, पथरी, कोनपोखरी, लेटाङ, चौविसे, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकाका २ वटा गरि ८ वटा टीम सहभागी रहेको आयोजक समितिका अध्यक्ष विक्रम शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार