मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

मलाई हराउन प्रदेशको सत्ता प्रयोग गरियो : विनोद ढकाल

Kanchan24 1+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

विराटनगर । नेकपा एमालेका नेता तथा कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफूलाई हराउन प्रदेशको सत्ता प्रयोग गरिएको दाबी गर्नु भएको छ । ढकालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार विस्तारसमेत आफूलाई हराउनका लागि गरिएको जिकिर गर्नुभयो ।

उहाँले आफूलाई सहयोग गरेकै कारण कुनै नेता कार्यकर्तामाथि विभेद भए त्यसको संरक्षणका लागि आफु उभिने पनि बताउनभुयो । आफू पञ्चायत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय भएको र पार्टीमा कुनैपनि अवस्थामा विचलित नभईकन लागेकाले अब पनि थप सक्रियताका साथ लाग्ने ढकालको भनाइ छ ।

आफूले निर्वाचनको नतिजालाई स्वीकार गरेको बताउँदै उहाँले आफू पार्टीको मुल नेतृत्वको स्प्रिटमा नै रहेको उल्लेख गर्नुभयो । नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट बधाई दिँदै ढकालले सकारात्मक हिसाबले कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीका केही स्थायी कमिटीका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर कार्यकर्तालाई थर्काउने फकाउने क्रियाकलाप गरेको भन्दै त्यसबाट निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको बताउनभुयो ।

शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रत्यासीको रुपमा बोल्नसमेत नदिएकाले नयाँ कार्यसमितिलाई बधाई दिन र आफ्नो धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गर्नु परेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार