मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |

मलाई हराउन प्रदेशको सत्ता प्रयोग गरियो : विनोद ढकाल

Kanchan24 1+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

विराटनगर । नेकपा एमालेका नेता तथा कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफूलाई हराउन प्रदेशको सत्ता प्रयोग गरिएको दाबी गर्नु भएको छ । ढकालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार विस्तारसमेत आफूलाई हराउनका लागि गरिएको जिकिर गर्नुभयो ।

उहाँले आफूलाई सहयोग गरेकै कारण कुनै नेता कार्यकर्तामाथि विभेद भए त्यसको संरक्षणका लागि आफु उभिने पनि बताउनभुयो । आफू पञ्चायत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय भएको र पार्टीमा कुनैपनि अवस्थामा विचलित नभईकन लागेकाले अब पनि थप सक्रियताका साथ लाग्ने ढकालको भनाइ छ ।

आफूले निर्वाचनको नतिजालाई स्वीकार गरेको बताउँदै उहाँले आफू पार्टीको मुल नेतृत्वको स्प्रिटमा नै रहेको उल्लेख गर्नुभयो । नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट बधाई दिँदै ढकालले सकारात्मक हिसाबले कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीका केही स्थायी कमिटीका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर कार्यकर्तालाई थर्काउने फकाउने क्रियाकलाप गरेको भन्दै त्यसबाट निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको बताउनभुयो ।

शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रत्यासीको रुपमा बोल्नसमेत नदिएकाले नयाँ कार्यसमितिलाई बधाई दिन र आफ्नो धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गर्नु परेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार