मुख्य समाचार
कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड |

मुख्यमन्त्री भन्दा मुख्य सेवकको सम्बोधन गर्दा पूर्ण सन्तुष्टि हुने : मधेस प्रदेशका मुख्यमन्त्री सिंह

Kanchan24 329+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूलाई मुख्यमन्त्री भन्दा मुख्य सेवकको रुपमा सम्बोधन गर्दा पूर्ण सन्तुष्टि हुने बताएका छन ।  

सप्तरीको बोदेबर्साइन नगरपालिका २ नेङ्गडामा शनिबार थारू कल्याणकारिणी सभा सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय समाचकेवा महोत्सव उद्घाटन गर्दै उनले प्रतिबद्धता व्यक्त गरेका हुन ।

मुख्यमन्त्री सिंहले आफू जनताको अभिमतबाट मुख्यमन्त्री भएको हुँ, जनता मालिक हो ‘उनले भने, झमालिकको सेवा गर्ने सेवकको दायित्व हुन्छ, आफूलाई मुख्यमन्त्री भन्दा मुख्य सेवक रुपमा लिन आग्रह गरे ।

मुख्यमन्त्री सिंहले सबै भाषा, धर्म,  संस्कृति संरक्षणका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले थारू समुदायको पहिचान र कला संस्कृति जगेर्नाका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्ने बताउँदै उनले सप्तरीकै पायक पर्ने कुनै स्थानमा जग्गा उपलब्ध गराउन आग्रह गरे ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ ९ख० बाट निर्वाचित सांसद अनिरुद्ध प्रसाद सिंह यादवले संविधान बनाउनेले नै संविधानको पालन गरेको  आरोप लगाए । उनले थारु आदिवासी जनजाति मधेसी लगायत जाति समुदायको एकतामा विचलन ल्याउन प्रमुख राजनीतिक दलले नै संविधान उल्लङ्घन गरेको बताए । यादवले  साशक वर्गले उत्पीडित जाति समुदायलाई फुटाउने विभिन्न षड्यन्त्र कायम  रहेकोले  यस्ता  विखण्डन वादीहरुबाट सचेत रही पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि एकजुट हुन आग्रह गरे । 

थारू कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी महोत्सव उद्घाटनमा थारू, भाषा संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष बुधसेन चौधरी, बोदेबर्साईन नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामप्रसाद राम, अधिवक्ता भागवत चौधरी, थाकस सप्तरीका पूर्व सल्लाहकार निरञ्जन चौधरी लगायतकाले समेत मनतव्य व्यक्त गरे । 

कार्यक्रममा राष्ट्रिय कलाकार ममता चौधरी, सिमा चौधरी, स्वस्तिका चौधरी, भावना चौधरी लगायतका स्थानीय कलाकारहरूले  प्राचीन थारू संस्कृति, कला झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार