मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

लहानमा स्व. नेता प्रदीप गिरी दोस्रो बार्षिक स्मृति दिवस मनाइयो

निर्मला दहाल 3+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

लहान । सिरहाको लहान नगरपालिका–१४ मा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता प्रदीप गिरी दोस्रो वार्षिक स्मृति दिवस मनाइएको छ ।

प्रदिप गिरी मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा स्व। नेता गिरिको पूर्णकदको शालिकमा गृहमन्त्री रमेश लेखकले माल्यार्पण गरेका थिए ।

गिरी आश्रममा गिरिको दोस्रो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले स्व। गिरीसँग “समाज, दर्शन र अर्थशास्त्रका बारेमा अद्भूत ज्ञान बताउँदै उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले उर्जा लिनुपर्ने बताए । 

गृहमन्त्री लेखकले समाजवादी चिन्तक तथा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताए । “हामी त उहाँको अगाडि कुवा हौँ । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव नहुने गृहमन्त्री लेखकको भनाए रहेको थियो ।

गृहमन्त्री लेखकले जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्प्रेरित गरिरहने गिरीको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिङ्गो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको बताए ।  

गिरीलाई सम्झिँदै मन्त्री लेखकले भने अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःख र मुलुकलाई सधैँ अभाव खड्की रहने भन्दै नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र उर्जा प्राप्तिमा अमर रहिरहने विश्वास समेत व्यक्त गरे । 

मुलुकमा स्थिर सरकार दिनु, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउनु, सुशासन कायम गर्नु, विकासको गति बढाउनु तथा लगानीको वातावरण निर्माण गरि मुलुकभित्रै रोजगारीको सृजना गर्नु सरकारको मुख्य उद्देश्य समेत रहेको गृहमन्त्री लेखकले बताए । 

स्मृति दिवसमा नेपाली कांग्रस को केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली काङ्ग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव, नेपाली काङ्ग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगातको उपस्थिति रहेको थियो । 

नेता गिरिको ललितपुर नक्खु स्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दुई वर्षअघि २०७९ भाद्र ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो । लहान–१४ को खुट्टी खोलाको छेउमा स्व। गिरी वि।स २०४६ सालपछि बस्दै आउनु भएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिने गरिन्छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार