मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु

Kanchan24 324+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

कञ्चनरूप । हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ ।
अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वार्टर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायतका सङ्घ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । 
जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो भने जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए । 

यता महिला सञ्जाल ,कञ्चनपुरको समेत सहकार्यमा कञ्चनरूप नगरपालिकाले आफ्नै प्राङ्गणमा  दीप प्रज्वलन गरि अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरुवात गरेको छ ।
पालिकाको उप– प्रमुख मुनाकुमारी पोखरेलकी अध्यक्षतामा शुरूवात गरेको उक्त अभियानमा इलाका प्रहरी कार्यालय कञ्चनपुर ,सप्तरीको डीएसपी महेन्द्र नेपाल , शस्त्र प्रहरीका डीएसपी , कञ्चनरुप का प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का ,लेखा अधिकृत राजेश राज कर्णको सहभागिता रहेको थियो । यसैगरी वडा अध्यक्षहरू  रवान खान, मेहदी हुसेन, गुल्टेन चौधरी ,  बच्चुलाल चौधरी , शमान्नद  चौधरी , ८ का कृष्णा प्रसाद साह विभिन्न शाखाका शाखा प्रमुखहरू सहित पालिकाका द्वन्द्वपीडित समितिका पदाधिकारीहरूको सहभागिता रहेका महिला विकास शाखा प्रमुख सुशीला चौधरीले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार