नेपालीहरूको महान् चाड बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यी पर्वहरूले आपसी सद्भाव, सामाजिक एकता, भाइचारा, सहिष्णुता र मानवताको भावना अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा प्रदान गरून्। सबैको जीवनमा सुख, खुसी र समृद्धिको नयाँ उज्यालो छाओस्।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
माधव प्रसाद चौधरी
सामाजिक अभियन्ता