मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

प्रतिस्पर्धा बढेका कारण सञ्चारकर्मीमा पनि दक्षताको अभिवृद्धि आवश्यक :मन्त्री लेखी

Kanchan24 327+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

कञ्चनरूप । गृह तथा सञ्चार कानुनमन्त्री राजकुमार लेखीले अहिलेको परिवेशमा सूचना प्रविधिको विकास संगै प्रतिस्पर्धा बढेका कारण सञ्चारकर्मीमा पनि दक्षताको अभिवृद्धि आवश्यक रहेको बताएका छन ।
सप्तरीको सप्तकोशी नगरपालिका–८, फत्तेपुरमा पत्रकार आचारसंहिता पालनासम्बन्धी एक विशेष गोष्ठीमा यस्तो बताएका हुन ।  
मन्त्री लेखीले राजनीतिक अस्थिरता र स्रोत व्यवस्थापनको समस्याले सञ्चार क्षेत्रमा दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएको र देशमा ५० करोडको बजेटमार्फत सञ्चार क्षेत्र सुधारका योजना अघि सारिए पनि राजनीतिक अस्थिरता र स्रोत व्यवस्थापनको समस्याले ती योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए ।
दीर्घकालीन सुधार र स्थायित्वका लागि निरन्तरता र प्रभावकारी स्रोत व्यवस्थापन आवश्यक रहेको मन्त्री लेखीले बताए । 
मन्त्री लेखीले सङ्घीयताको मर्म अनुसार प्रदेश अधिकार सम्पन्न नभएसम्म उत्पीडित जातिसमुदाय अधिकार सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउन प्रदेश स्वायत्त हुनुपर्नेमा जोड दिए ।
मन्त्री लेखीले भने, प्रदेशको अधिकार अन्तै छ, प्रदेश स्वायत्त भएकै छैन, यसलाई पनि उठाउने दायित्व राजनीतिकर्मी र पत्रकार नै हो ।’
सङ्घीयता आएपछि मुलुक झनै विकासको तर्फ अग्रसर भएको छ” संघियताले मुलुक विखण्डन हुने बताउँदै आएकाहरु प्रति लक्षित गर्दै मन्त्री लेखीले भने, “छिमेकी राष्ट्र भारत स्वतन्त्र भएको ७५ वर्ष बितिसक्दा पनि त्यहाँका विभिन्न प्रदेशहरूको ग्रामीण क्षेत्रको विकास अझै हुन सकेको छैन्, तर ७ वर्ष अघि मात्र नेपालमा आएको संघीयताले यहाँका विभिन्न ग्रामीण क्षेत्रमा विकास भएको छ ।
मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा समन्वयकर्ता पत्रकार महासङ्घ सप्तरीका सभापति श्रवण देव, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालका साथै नीति आयोगकी सदस्य डा. शिला मिश्र, पत्रकार महासङ्घ मधेस प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्ण, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झा ।पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण, समाजवादी प्रेस सङ्गठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, पत्रकार हेमशङ्कर सिंह, सतिश दत्त, नवीन कुमार गुप्ता, विद्यानन्द राम, पिन्टु यादव, अजय अनुराग लगायतले पत्रकार आचारसंहिता उलङ्घनका घटना न्यूनीकरणका लागि हुनसक्ने उपायबारे सुझाव दिएका थिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार