मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

कञ्चनरूपको नेतृत्वगत विवादले विकास र जनजीवन ठप्प : पूर्व नगरप्रमुख मिश्रको कडा टिप्पणी

Kanchan24 358+ समाचार ( )
२ माघ २०८२, बिहीबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा उत्पन्न नेतृत्वगत विवादले पूर्वाधार निर्माण, रोजगारी सिर्जना, ठेक्का कार्यान्वयन तथा स्थानीय अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पारेको भन्दै पूर्व नगरप्रमुख बसन्त मिश्रले वर्तमान नगर नेतृत्वप्रति कडा टिप्पणी गरेका छन्।

कञ्चनरूप नगरपालिकामा आयोजित सातौँ माघी महोत्सवको सांस्कृतिक कार्यक्रममा बोल्दै पूर्व नगरप्रमुख मिश्रले नगरभित्रको प्रशासनिक अन्योल र असमझदारीले जनजीवन नै प्रभावित बनेको बताए। उनले सबैभन्दा दुःखद पक्ष शिक्षक तथा कर्मचारीहरू महिनौँदेखि मानसिक तनावमा बस्न बाध्य भएको उल्लेख गरे।

“कसैको छोराछोरीको विवाह गर्नुपर्ने अवस्था छ, कसैको घरभाडा तिर्न बाँकी होला,” उनले भने, “तर नगर नेतृत्वको गैरजिम्मेवार कार्यशैलीका कारण कर्मचारीहरू पीडित बन्नुपरेको छ।”

पूर्व नगरप्रमुख मिश्रले आफ्नो कार्यकाल स्मरण गर्दै आफू दुई पार्टीको समर्थनबाट निर्वाचित भए पनि कसैलाई दुःख नदिएको दाबी गरे। “हाम्रो पालामा विकास, सेवा प्रवाह र प्रशासनिक काम सहकार्य र उत्साहका साथ अघि बढाइयो,” उनले भने, “अहिलेको अवस्था त्यसको ठीक उल्टो देखिएको छ।”

हाल कञ्चनरूप नगरपालिकामा देखिएको विवाद नगरप्रमुख र उप–प्रमुखबीचको तनावसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उप–प्रमुखले आफ्नो अधिकार खोसिएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेपछि नगरसभाको नियमित बैठक बस्न सकेको छैन। यसले बजेट स्वीकृति, तलब भुक्तानी र अन्य अत्यावश्यक प्रशासनिक निर्णयहरूमा गम्भीर अवरोध सिर्जना गरेको छ।

विवादको सबैभन्दा संवेदनशील र चिन्ताजनक पक्ष शिक्षक तथा कर्मचारीको तलब भुक्तानीसँग सम्बन्धित विषय बनेको छ। जनप्रतिनिधिहरूबीचको लिखित सहमति भए पनि कानुनी अन्योल देखाउँदै तलब समयमै भुक्तानी नहुनु स्थानीय सरकारको न्यूनतम दायित्वसमेत पूरा हुन नसकेको स्पष्ट संकेत भएको टिप्पणी गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार यस्तो अवस्थाले नगरपालिकाको सेवा प्रवाह मात्र होइन, विकास योजना, रोजगारको अवसर र स्थानीय अर्थतन्त्रसमेत ठप्प बनेको छ। जनप्रतिनिधिहरूबीचको आन्तरिक शक्ति सङ्घर्षको मूल्य आम नागरिक र कर्मचारीले चुकाउनुपरेको भन्दै व्यापक असन्तोष देखिन थालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार