मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

लेटाङ ९ मा विद्यालयमै पुगेर दादुरा रुवेला खोप लगाइने

Kanchan24 1+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

लेटाङ । लेटाङ ९ मा दादुरा रुवेला खोप अभियान सञ्चालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा खोप समन्वय समितिको आयोजनामा वडास्तरीय, स्वयम्सेवक स्तरीय र शिक्षकहरुबीच अभिमुखिकरण कार्यक्रम गरिएको हो । फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको दादुरा रुवेला खोप अभियानलाई सफल पार्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

लेटाङ ९ का वडाध्यक्ष तथा वडा खोप समन्वय समितिका संयोजक नन्द प्रसाद खतिवडाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, शिक्षकहरु, स्वास्थ्य स्वयम्सेवीकाहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा लेटाङ ९ स्थित आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख ऋषिराम निरौलाले खोप अभियानका विषयमा सहभागीहरुलाई जानकारी दिनुभयो । उहाँले खोप अभियान सफल बनाएर पूर्ण खोप सुनिश्चितता कायम गर्न सबै पक्षले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष नन्द प्रसाद खतिवडाले खोप अभियान सफल पार्नु सबै वडावासीको दायीत्व रहेको भन्दै खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका नछुट्ने गरि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो  । दादुरा रुवेल खोप अभियान अन्तरगत देशव्यापी रुपमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिबाहरुलाई खोप लगाइँदैछ । सोही अभियान अन्तरगत लेटाङ ९ मा फागुन १३ गतेदेखि १८ गतेसम्म विभिन्न विद्यालयमा पुगेर खोप लगाइने आधारमुत स्वास्थ्य केन्द्रका प्रमुख ऋषिराम निरौलाले जानकाारी दिनुभयो ।

फागुन १३ गतेदेखि १७ गतेसम्म टेण्डर वर्डस् इग्लिस स्कुल, प्यारागन इंग्लिस स्कुल, नमुना सेकेण्डरी वोर्डिङ स्कुल र श्री माध्यमिक विद्यालयमा पालैपालो समय तालिका बनाएर खोप अभियान सञ्चालन गरिने र १८ गते छुटेका बालबालिकाहरुलाई आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाइने कार्यक्रम रहेको उहाँको भनाइ छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार