नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा कञ्चनरूप नगरपालिका वडा नं. ७, आदर्श टोल, सप्तरीका सम्पूर्ण वडावासी, नगरवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यी पावन पर्वहरूले आपसी प्रेम, सद्भाव, भाइचारा, सामाजिक एकता तथा धार्मिक सहिष्णुतालाई अझ सुदृढ बनाउँदै समाजमा शान्ति, सद्भाव र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरून्। हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत वडा र समृद्ध नगर निर्माण गर्ने अभियानमा सबैको एकता, सहकार्य र सहकार्यको भावना अझ बलियो बनोस्।
यी पर्वहरूले प्रत्येक घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धिको उज्यालो छर्दै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाऊन् भन्ने हार्दिक मंगलकामना गर्दछु।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
समानन्द चौधरी
वडा अध्यक्ष
कञ्चनरूप नगरपालिका, वडा नं. ७
आदर्श टोल, सप्तरी