मुख्य समाचार
गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल | नगर विकासको नेतृत्व गर्ने लक्ष्यसहित माधव चौधरीको नगर प्रमुखमा दाबी | सप्तरीको पातोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, आमा–छोरा घाइते |
मुख्य समाचार
गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल | नगर विकासको नेतृत्व गर्ने लक्ष्यसहित माधव चौधरीको नगर प्रमुखमा दाबी | सप्तरीको पातोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, आमा–छोरा घाइते |


दसैंको खुसी खोसियो आगलागीले, घर पुनर्निर्माणको पर्खाइमा सप्तरीका पीडित

Kanchan24 382+ समाचार ( )
१ कार्तिक २०८३, आइतबार

राजविराज । दसैंमा घर फर्किने, परिवारसँग रमाउने र नयाँ लुगा लगाउने सपना धेरैका लागि सामान्य कुरा हो । तर, सप्तरीका बदगामा र मैनाकडेरीका अग्निपीडित परिवारका लागि अहिले आफ्नै घरमा सुरक्षित भएर बस्न पाउनु नै ठूलो सपना बनेको छ । आगलागीले घर र सम्पत्ति नष्ट गरेपछि उनीहरू चाडपर्वको मुखमा आश्रयविहीन बनेका छन् ।

कञ्चनरूप नगरपालिका–१० बदगामाकी अञ्जलीकुमारी पासवानले परिवारको भविष्यका लागि दुःख गरेर जोडेका सामान आगलागीमा गुमाइन् । घरभित्र रहेका खाद्यान्न, कपडा र गरगहनासमेत जलेपछि उनको परिवारसँग अहिले आवश्यक सामग्रीको अभाव छ । राहत पाएपछि खानपिनको समस्या केही सहज भए पनि घर बनाउने उपाय भने भेटिएको छैन ।

‘मिहिनेत–मजदुरी गरेर छोरीका लागि बनाइदिएको पायलदेखि आफ्ना सुनका गरगहनासम्म सबै खरानी भयो,’ अञ्जलीले भनिन्, ‘खानका लागि राहत पाएका छौँ, तर घर कसरी बनाउने ? अहिले हाम्रो बास त्रिपालमुनि छ ।’

अञ्जलीको परिवारजस्तै बदगामाका अन्य अग्निपीडित पनि आगलागीबाट भएको क्षति पूर्ति गर्ने उपाय खोजिरहेका छन् । चाडपर्वका लागि खर्च जुटाउनुपर्ने समयमा उनीहरूलाई अब बस्ने ठाउँको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले घेरेको छ ।

स्थानीय मञ्जुदेवी पासवानले राहतस्वरूप चामल र भाँडाकुँडालगायत सामग्री प्राप्त भए पनि त्यसले आवासको समस्या समाधान नगर्ने बताइन् । घरविहीन भएपछि परिवारलाई चिसो मौसमबाट कसरी जोगाउने भन्ने चिन्ता थपिएको उनको भनाइ छ ।

‘दसैंको बेला यस्तो विपत्ति आइलाग्यो,’ उनले भनिन्, ‘सरकारले हाम्रो घर बनाइदिए हुन्थ्यो । नत्र अब आउने शीतलहरबाट कसरी जोगिने ?’

१८ परिवारको घर तथा सम्पत्तिमा क्षति

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार गत बुधबार राति कञ्चनरूप नगरपालिका–१० बदगामास्थित पासवान टोलमा भएको आगलागीबाट १४ परिवारका घर नष्ट भएका छन् । आगलागीबाट पाचु पासवान, दिनेश पासवान, मञ्जु पासवान, राजकुमार पासवान, गजेन्द्र पासवान, पवन पासवान, खिखरी पासवान, लल्लु पासवान, महेन्द्र पासवान, मनोज साह, दिपेन्द्र पासवान, अमोद पासवान, नरेश पासवान र दरोपती पासवानका परिवार प्रभावित भएका छन् ।

त्यस्तै, तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा बुधबार साँझ भएको आगलागीबाट भागवत मण्डल, योगेन्द्र मण्डल, बेचु खंग र शनिचर खंगका घर तथा सम्पत्ति नष्ट भएका छन् । दुवै स्थानमा भएको आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको स्थानीय प्रशासनको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट प्रभावित परिवारमध्ये कतिपय दैनिक ज्यालामजदुरीमा निर्भर छन् । नियमित आम्दानीबाट दैनिक खर्च धान्नुपर्ने उनीहरूलाई घर पुनर्निर्माणका लागि ठूलो रकम जुटाउनु सहज छैन । आफ्नै कमाइबाट बनाएको घर गुमाएका परिवारका लागि पुनः आवास निर्माण गर्नु तत्कालको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

मैनाकडेरीका अग्निपीडित बेचु खंगले सरकारी सहयोगबिना घर बनाउन नसक्ने अवस्था रहेको बताए ।

‘दुःख गरेर जसोतसो एउटा घर बनाएका थियौँ । त्यो पनि आगलागीमा खरानी भयो,’ उनले भने, ‘सरकारको सहयोगबिना हामीले घर बनाउन सक्ने अवस्था छैन । दुःख परेको बेला हाम्रो सहारा सरकार नै हो ।’

राहतपछि पुनःस्थापनाको चुनौती

आगलागीपछि पीडित परिवारलाई खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराइए पनि उनीहरूको समस्या तत्कालीन राहतमा मात्र सीमित छैन । घर निर्माणका लागि आर्थिक सहयोग, सुरक्षित अस्थायी आवास र चिसो मौसमबाट जोगिने व्यवस्था उनीहरूका लागि उत्तिकै आवश्यक छ ।

दसैंको समयमा घरबारविहीन बनेका परिवारका लागि चाडपर्व मनाउनुभन्दा दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउनु प्राथमिकता बनेको छ । आगलागीबाट भएको क्षतिपछि उनीहरूलाई पुनःस्थापित गर्न सम्बन्धित निकायबाट कस्तो सहयोग उपलब्ध हुन्छ भन्ने विषयले आगामी दिनमा उनीहरूको बसोबास र जीवनयापनको अवस्था निर्धारण गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार