मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

वडा स्तरीय विपद् व्यवस्थापन बैठक तथा अनुशिक्षण कार्यक्रम सम्पन्न

Kanchan24 324+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं।९मा विहीवार वडा स्तरीय विपद् व्यवस्थापन समिति बैठक तथा एक दिवसीय अनुशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा विपद् पूर्वतयारी, प्रतिकार्य, पुनःस्थापना तथा जोखिम न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिनुका साथै सहभागीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी आवश्यक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कञ्चनरूप नगरपालिका प्रमुख अतिथि उद्‌घाटन मन्तव्य दिँदै विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वयको आवश्यकता औँल्याएका थिए  भने प्रमुख अतिथि खड्काले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमले स्थानीयस्तरमा जनचेतना र क्षमता विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा ९ नं। का वडा अध्यक्ष रामसुन्दर यादवको अध्यक्षतामा अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने अध्यक्ष यादवले विपद् व्यवस्थापन समितिलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए 

उक्त बैठकमा समिति सदस्यहरू, स्थानीय स्वयंसेवक, महिला समूह, युवा क्लब, विद्यालय प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई विपद्को समयमा प्राथमिक उपचार, सुरक्षित स्थानको व्यवस्थापन, राहत सामग्रीको वितरण प्रक्रिया तथा स्थानीय स्रोत साधन परिचालन गर्ने विषयमा जानकारी दिइयो ।

कार्यक्रमको अन्त्यमा विपद् व्यवस्थापन समितिको संरचना पुनर्गठन गर्ने, कार्ययोजना बनाउने तथा आगामी दिनमा नियमित अभ्यास तथा प्रशिक्षण गर्ने निर्णय समेत गरिएको छ । सहभागीहरूले यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्थानीय तहमा विपद् व्यवस्थापनलाई अझ सशक्त बनाउन सहयोग पु¥याउने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार