मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

कोसी ब्यारेजमा पानीको बहाव उच्च मापन खतराको संकेतमा रातो बत्ती बालियो

Kanchan24 324+ समाचार ( )
२२ आषाढ २०८१, शनिबार

कञ्चनरूप । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको सङ्केत रातो बत्ती बालिएको छ । 

जलसतह उच्च भएपछि  खतराको सङ्केत रातो बत्ती बालेर शनिबार ५६ मध्ये ३९ ढोका खुल्ला गरेको  भने सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च मापन भएको छ । साँझ ६ बजे कोसी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेण्ड ३ लाख ३ हजार ८ सय ६० क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । 

पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पछि कोसीमा खतराको सङ्केत राखिएको छ । अहिले सम्म बाँधमा कुनै क्षति नभएको केन्द्रले जनाएको छ ।

पानीको बहाव बढ्दै जाँदा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमा पारिका जिल्लाका डिएम तथा सम्बन्धित निकायसँग समन्वय गरेर ढोका खोल्ने काम भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले जानकारी दिए ।

बहाव उच्च भएसँगै सप्तकोशी नदीको बीचमा रहेको गोबरगाडा गाउँका बासिन्दा घेरिएका छन्। गोबरगाढाका स्थानीय अहिले सुरक्षित रहेको र जोखिम देखिए उद्धार गर्ने हनुमान नगर कङ्कालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार