मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा, शहर संगीतमय

Kanchan24 326+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

राजबिराज । रविवारको बिहानदेखि नै राजबिराजको वातावरण आध्यात्मिक र संगीतमय बनेको थियो। राधाकृष्णको भव्य रथ सजिएपछि, हजारौं भक्तजन टोल–टोलबाट नाच्दै, गाउँदै रथ यात्रामा सहभागी हुन आएका थिए।

बिहारपुरस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा रुपनी मोड, हनुमान मन्दिर, गुलाब ग्यारेज, यदुबंसी चौक, राजदेवी मन्दिर, तेतरी गाछी, नेता चौक हुँदै गजेन्द्र चौक, राम मन्दिर र अदालत रोड पार गर्दै पुनः कृष्ण मन्दिरमै टुंगिएको थियो। यात्राभर राजबिराजका सडकहरू फूलमालाले सजिएका थिए भने भजन–कीर्तन, ढोल–नगारा र शंखध्वनीले शहरलाई मन्दिरझैं पवित्र बनाइदिएको थियो।

मुल समारोह समिति राजबिराजद्वारा आयोजित उक्त रथ यात्रामा हजारौं नागरिकहरूको सहभागिता रहेको संयोजक अनिल यादवले जानकारी दिए। उनका अनुसार, यस वर्षको रथ यात्रा विगतका वर्षभन्दा अझै बढी आकर्षक र भव्य बनेको थियो।

यसै दिनलाई ‘मोहरात्रि’ पनि भनिन्छ, किनभने द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्ण जन्मेका थिए। भक्तजनहरूलाई यस दिनको महत्त्व सम्झाइँदै प्रवचनमा भनियो— “ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म मातृभूमि मथुराको जेलभित्र भएको थियो। देवकीका आठौं सन्तानका रूपमा जन्मिएका कृष्णलाई वासुदेवले यमुना नदी पार गराई गोकुल पुर्याएका थिए, जसको संरक्षण स्वयं शेषनागले गरेका थिए।”

राति भने राजबिराजका मन्दिरहरू दीप–प्रज्वलन, भजन–कीर्तन र प्रवचनले उज्यालो बने। महिला–पुरुष दुवैले व्रत बसेर जाग्राम गरेका थिए। भक्तिभाव, उल्लास र कृष्णप्रेमले सजिएको राजबिराजमा यसपटकको जन्माष्टमी पर्व साँच्चिकै भव्य र अविस्मरणीय रह्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार