मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

रूपनगर क्याम्पसका जेहनदार र विपन्न विद्यार्थीलाई वडा अध्यक्ष छात्रवृत्ति वितरण

Kanchan24 333+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

कञ्चनरूप । रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा वडा अध्यक्ष छात्रवृत्ति वितरण गरियो ।
जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ मा रहेको रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका एक जना जेहनदार र पाँच जना विपन्न गरी छ जनालाई जनही १६ हजार ६६६ रुपैयाँका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरिएको हो ।
कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले गराएका हुन । 
क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । छात्रवृत्ति रकमलाई पढाइमा हौसलाका रूपमा लिएर सदुपयोग गर्नु भन्दै उनले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा लाग्न सुझाव दिए ।
छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न क्याम्पसले, कक्षामा उपस्थिति नियमितता, लिखित परीक्षा, अन्तरवार्ता, अघिल्लो परीक्षाको प्राप्ताङ्क लगायत विभिन्न मापदण्डको प्रावधान राखेर छात्रवृत्ति कार्यविधि निर्माण गरेको र सोही आधारमा छात्रवृत्तिको निर्णय हुने गरेको जानकारी क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले दिए ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बीबीएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्ष देखि ५ (पाँच) वटा छात्रवृत्ति पाउने व्यवस्था भएको जानकारी क्याम्पस प्रमुख गजुरेलले दिए । उनका अनुसार ती छात्रवृत्तिमा, विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्ति, मधेश प्रदेश सरकारको छोरी छात्रवृत्ति, वडा अध्यक्ष छात्रवृत्ति, राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति, र क्याम्पसले आफ्नै स्रोतबाट दिने छात्रवृत्ति गरी वर्षेनी पाँच वटा छात्रवृत्ति रूपनगर क्याम्पसमा भर्ना हुने विद्यार्थीहरूलाई उपलब्ध हुनेछन् ।
विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका २२ जना विद्यार्थीले पाए भने मधेश प्रदेश सरकारले दिने छोरी छात्रवृत्ति चार जनाले पाए ।
विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एक पटक पाउने विद्यार्थीले स्नातक पढुञ्ज्याल ४ वर्ष सम्म प्रत्येक वर्ष १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।
यसै गरी मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रुपैयाँ छ ।
उपरोक्त दुबै छात्रवृत्ति सामुदायिक र आङ्गिक क्याम्पसमा पढ्ने विद्यार्थीले मात्र पाउने व्यवस्था छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार