मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

लेटाङ-३ मेयर कप फुटबलको फाइनलमा प्रवेश

Kanchan24 1+ समाचार ( )
१९ आषाढ २०८०, मङ्गलबार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा विजयी हुँदै वडा नम्बर ३ फाइनलमा पुगेको छ । लेटाङ ३ को घरेलु मैदान कमलपुरमा भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ६ लाई ४–१ ले पराजित गर्दै वडा नं ३ ले फाइनलमा स्थान बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल भने वडा नं ६ का जर्सी नं १७ का एलान तामाङले गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर वडा नम्बर ३ ले वडा नम्बर ६ को अग्रता धेरै बेर टीक्न दिएन । केही मिनेटमै वडा नं ३ का जर्सी नं १२ का सुमन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा भने वडा नं ३ ले खेल आफ्नो पक्षमा पार्यो । दोस्रो हाफमा वडा नं ३ को तर्फबाट जर्सी नं १३ का अभिशेक लिम्बू, जर्सी नं ११ का सागर वि.क. र जर्सी नं ७ का आशिष माझीले १–१ गोल गरी समग्रमा वडा नम्बर ३ लाई ४-१ को जित दिलाए । खेलको म्यान अफ दी म्याच वडा नं ३ का जर्सी नं १३ का अभिशेक लिम्बू घोषित भए ।

घरेलु मैदानमा मेयर कप खेल्ने अवसर पाएको वडा नम्बर ३ लाई उपाधि दाबेदारको रुपमा समेत लिने गरिएको छ । भोली बुधबार दोस्रो सेमिफाइनल खेल वडा नं २ र वडा नं ४ बिच हुने छ  । बुधबार हुने दोश्रो सेफीफाइनलको विजेता टीमले असार २२ गते शुक्रबार हुने फाइनल खेलमा वडा नम्बर ३ को सामना गर्नुपर्नेछ ।

 प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार