मुख्य समाचार
जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्ने : डाक्टर शेखर कोइराला | सप्तरीको डाक्नेश्वरीमा ७१.८१ प्रतिशत मतदाता | सप्तरीमा एचआईभी एड्स संक्रमण फैलने खतरा कायमै हालसम्म १८७ जना संक्रमित फेला परे | कक्षा १२ का विद्यार्थीहरूका लागि रूपनगर क्याम्पसद्वारा वित्तीय साक्षरता तालिम | रूपनगरमा सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया | आँखा शिविरमा ३ सय ३० जनाका मोतियाबिन्दुको शल्यक्रिया | लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु | Cataract surgery for 163 people on the first day at Rupnagar eye camp | अन्तरराट्रिय गैरसरकारी संस्थाहरुको बदमासी | सप्तरीको डाक्नेश्वरी कटैया फत्तेपुरमा गुनासो सुनवाई समिति गठन |
मुख्य समाचार
जनताले प्रत्यक्ष लाभ पाउने गरि स्वास्थ्य क्षेत्रको बिकास हुनपर्ने : डाक्टर शेखर कोइराला | सप्तरीको डाक्नेश्वरीमा ७१.८१ प्रतिशत मतदाता | सप्तरीमा एचआईभी एड्स संक्रमण फैलने खतरा कायमै हालसम्म १८७ जना संक्रमित फेला परे | कक्षा १२ का विद्यार्थीहरूका लागि रूपनगर क्याम्पसद्वारा वित्तीय साक्षरता तालिम | रूपनगरमा सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया | आँखा शिविरमा ३ सय ३० जनाका मोतियाबिन्दुको शल्यक्रिया | लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु | Cataract surgery for 163 people on the first day at Rupnagar eye camp | अन्तरराट्रिय गैरसरकारी संस्थाहरुको बदमासी | सप्तरीको डाक्नेश्वरी कटैया फत्तेपुरमा गुनासो सुनवाई समिति गठन |

उपनिर्वाचनमा सत्ता गठबन्धन दल आपसमा भिड्दै
उपनिर्वाचनमा सत्ता गठबन्धन दल आपसमा भिड्दै

Kanchan24 142+ समाचार ( )
इलाम(२ मा २० र बझाङ प्रदेशसभा(१ मा १२ जनाको उम्मेदवारी दर्ता
२५ चैत्र २०८०, आइतबार

काठमाडौं । आगामी वैशाख १५ गते इलाम(२ र बझाङ प्रदेशसभा(१ मा हुने उपनिर्वाचनको लागि शनिबार मनोनयन दर्ता भएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र आठजना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एकीकृत समाजवादी ९नेकपा एस०बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । यता, माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गरेको छैन । राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । यस्तै, डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा गौतम नेपाली कांग्रेस ९बिपी०बाट इलाम–२ मै उम्मेदवारी दिनुभएको थियो । उहाँले ५४ मत प्राप्त गर्नुभएको थियो । पहिचानवादीका तर्फबाट डाकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराउनुभएको छ । उहाँलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् । थेगिमलाई प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । त्यस्तै, एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराउनुभएको छ ।

बझाङमा १२ जना चुनावी मैदानमा

वैशाख १५ गते हुने बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको हो । गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहनुभएका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो । सिंह नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापतिसमेत रहनुभएका स्वर्गीय सिंहका छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा एमालेबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ एमालेका जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । यस्तै, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बुढा माओवादीका प्रदेश कमिटी सचिव हुनुहुन्छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ तत्कालीन समयमा एमालेका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ पूर्व(पत्रकार हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत लामिछिानेका अनुसार राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जसपा नेपालबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनमत पार्टीबाट सुशीलादेवी विष्ट र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्धारित समयमा दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् ।

शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार ९आज० बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।

बझाङ प्रदेशसभा उपनिर्वाचन सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय संख्यामा प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले दुई संगठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताउनुभयो । निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । आयोगले बझाङमा प्रदेशसभा निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

इलाममा सुहाङलाई जिताउन एमाले(माओवादीको संयुक्त अपिल

इलामस्थित नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई आउँदो उपनिर्वाचनमा विजयी गराउने प्रतिबद्धता गरेका छन् । एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो । यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको भए पनि उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको थियो । ०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको गठबन्धन थियो । एक्लै प्रतिस्पर्धा गरेको एमालेले गठबन्धनका उम्मेदवारलाई हराएको थियो ।

इलामको परिणाम आएपछि सबै चकित हुनेछन् स् खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाममा आफ्नो पार्टीको उम्मेदवारले चुनाव जित्ने दाबी गर्नुभएको छ । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईको उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिनुभएका नेता खनालले सबै चकित हुनेगरी पार्टीले उपनिर्वाचन जित्ने दाबी गर्दै भन्नुभयो, ‘इलाममा हाम्रो पार्टीले जित्दै छ, हामीले त्यत्तिकै उठाएका छैनौँ । परिणाम आएपछि धेरै चकित हुनेछन् । गठबन्धनमा रहेका अन्य दललाई आफ्नो पार्टीको उम्मेदवारलाई फिर्ता गरी एकीकृत समाजवादीलाई सघाउन आग्रह गर्दछु । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ ।’

नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी

आगामी वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गरेपछि विभिन्न दलका उम्मेदवारहरूले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयो । उहाँले नयाँ ढंगले प्रचारप्रसार गर्नेसमेत जानकारी दिनुभयो । नेम्वाङले बिनागाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने स्पष्ट पार्नुभयो । उहाँले बुवा स्व। सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । यस्तै, आफ्नो उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गर्नुभयो । उहाँले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन सबैलाई आग्रह गर्नुभएको छ । खड्काले गठबन्धन ठूलो कुरा नभएको जिकिर गर्दै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

अबको चुनावमा बहुमत ल्याउनेगरी तयारी गरौँ स् देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व(प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उहाँले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आहृवान गर्नुभएको थियो । आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भई लाग्न नेता तथा कार्यकर्तालाई उहाँको निर्देशन थियो । त्यस अवसरमा पार्टीका प्रवक्ता तथा पूर्व(अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । हिटाबाट


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार