मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

सप्तरीमा एसइईको तयारी पूरा : ९ हजार २६९ विद्यार्थी परीक्षामा सहभागी हुँदै

Kanchan24 327+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

कञ्चनरूप । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि सप्तरीमा तयारी तीव्र पारिएको छ। यस वर्ष जिल्लाबाट ९ हजार २ सय ६९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्। परीक्षा सञ्चालनका लागि जिल्लाभर ३९ वटा परीक्षा केन्द्र तोकिएको छ भने आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवका अनुसार यस वर्ष एसइईमा सहभागी हुनेमध्ये ४ हजार ६ सय १६ जना छात्र र ४ हजार ६ सय ५३ जना छात्रा रहेका छन्।

जिल्लामा रहेका ९४ सामुदायिक र ५६ संस्थागत गरी कुल १ सय ५० विद्यालयका विद्यार्थीले यस वर्षको एसइई परीक्षा दिनेछन्।

शाखा अधिकृत यादवका अनुसार परीक्षा सञ्चालनका लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। केन्द्रहरूमा आवश्यक जनशक्ति, अनुगमन तथा व्यवस्थापनको तयारी भइरहेको उनले जानकारी दिए।

“माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ र अहिले केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइराखेको छ,” उनले भने।

यसपटक पनि शान्त, मर्यादित र व्यवस्थित रूपमा परीक्षा सम्पन्न गराउने लक्ष्यसहित शिक्षा कार्यालयले तयारीलाई तीव्रता दिएको जनाएको छ। परीक्षा नजिकिँदै जाँदा विद्यार्थी, अभिभावक र विद्यालयहरूमा पनि चहलपहल बढ्न थालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार