मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिम सम्पन्न

Kanchan24 198+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिका वडा नं.९ को रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक  हिंसा तथा क्षमता विकास सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
सोमबार वडा नम्बर ९को सभाहलमा आयोजना गरिएको ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिममा वडा नंं. ९ विभिन्न समुदायका महिलाहरूको सहभागिता रहेको थियो ।
वडा नम्बर ९कोे आयोजनामा भएको सो तालिममा ग्रामीण महिलाका लैङ्गिक हिंसा सम्बन्धी महिलाविरुद्धको हिंसा नियन्त्रण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, नियमावली तथा अध्यादेश बारे छलफल गरिनुका साथै यस्ता कानुनहरूले हिंसा न्यूनिकरणमा केकस्ता भूमिका गर्छ भन्ने सवालमा अन्तरक्रिया गरिएको थियो ।
लैङ्गिक हिंसा प्रभावितसँग कुरा गर्दा ध्यान दिनुपर्ने कुराहरू, लैङ्गिक हिंसाका घटना उजुरी दर्ताको प्रकृया, लैङ्गिक हिंसा रोकथामका उपाय, न्याय पाउन बाधा, चुनौती र प्रकृयामा व्यवहारिक झन्झटका सवालहरूमा चर्चा गरिएको थियो ।
वडा नम्बर ९का अध्यक्ष रामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताले कार्यक्रममा बोल्दै लैङ्गिक हिंसाको घटना बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताए । उनले हरेक तहको नेतृत्व तहमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्ने हुँदा हिंसा न्यूनीकरण गर्न स महिलाहरू आफै लाग्नुपर्ने बताए । 

वडा अध्यक्ष रामसुन्दर यादवले महिला माथि हुने हिंसा लैङ्गिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक भएको महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको बताए । 
कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले ब्यानर पढेर कार्यक्रमको उद्‌घाटन गरेका थिएन । 
कार्यक्रमकामा कञ्चनरूप नगरपालिकाका प्रमुख प्रसाशकियय अधिकृत नवाज खड्का ,कार्यपालिका सदस्य  मञ्जु सरदार ९ नं.का वडा सदस्य राजकुमार महतो सदस्य रामेश्वर साह, ९ नं.का वडा सचिव गणेश कुमार यादव,  ११ नं.का वडा सचिव  राजेश यादव , पत्रकार लगायतको उपस्थिति  रहेको थियो ।
८० जनाको सहभागिता रहेको तालिमको सहजीकरण विनोद कार्कीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार