मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

शीतलहरको कहरः सप्तरीको कञ्चनरुपमा चिसोले एक मजदुरको मृत्यु

Kanchan24 326+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

कञ्चनरूप । केही दिनयता तराईमा बढेको अत्यधिक चिसो र शीतलहरले सप्तरीको कञ्चनरूप नगरपालिकामा एक विपन्न मजदुरको ज्यान लिएको छ। कञ्चनरूप नगरपालिका–३ निवासी ३२ वर्षीय उमेश खंगको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

विपन्न परिवारका खंगको घरमा न्यानो कपडा तथा जाडो छल्ने पर्याप्त व्यवस्था थिएन। कठ्याङ्ग्रिने चिसो मौसममा पनि परिवारको गुजारा चलाउन उनी दैनिक ज्याला मजदुरीमै व्यस्त थिए। स्थानीयका अनुसार कामकै क्रममा उनलाई अचानक पेट दुख्ने, हातखुट्टा बांगिन थाल्ने जस्ता लक्षण देखिएपछि अवस्था गम्भीर बन्दै गएको थियो।

तत्काल उपचारका लागि कञ्चनपुर नगर अस्पताल लैजाने क्रममा बाटोमै खंगको मृत्यु भएको स्थानीयले बताएका छन्। कञ्चनपुर नगर अस्पतालका चिकित्सकले अत्यधिक चिसोका कारण स्वास्थ्य अवस्था बिग्रिएको प्रारम्भिक जानकारी दिएका छन्।

मृतक खंगका श्रीमती र मात्र २० दिनकी नवजात छोरी छन्। परिवारको आम्दानीको एकमात्र सहारा गुमेपछि उनीहरूको भविष्य झन् अनिश्चित बनेको छ।

यतिबेला तराईका जिल्लामा बाक्लो कुहिरो, चिसो हावा र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। विशेषगरी विपन्न तथा दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्ने दाउराको अभाव देखिएको छ। स्थानीयवासीले जोखिममा रहेका परिवारका लागि तत्काल राहत, न्यानो कपडा र अस्थायी ताप्ने व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार