मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |

जन जागरण सहकारीको २० औं वार्षिक साधारण सभा सम्पन्न

Kanchan24 311+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

कञ्चनरूप । जन जागरण सहकारी संस्था कञ्चनरूप  ६ जमुवा क्वाटर मलेटको २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभामा संस्थाका अध्यक्ष विनोद चौधरीले सञ्चालक समितिको तर्फबाट आव २०८०।०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१।०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०८०।०८१ मा सेयर पुँजी तर्फ १०  लाख ५३ हजार ८ सय रुपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ ।

संस्थाले बचततर्फ १ करोड ८६ लाख ९९ हजार २ सय २३ रुपैयाँ सङ्कलन गरेको बताउँदै आगामी वर्षमा वार्षिक कारोबार २ करोड ०७ लाख ८ हजार ५ सय रुपैयाँ पु¥याउने लक्ष्य रहेको उल्लेख छ । 

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

संस्था आर्थिक वर्ष २०८०÷०८१ सम्म आईपुग्दा संस्थामा ४ सय ४८ जना सेयर सदस्यहरू आवद्ध छन् । जसमा महिला २७५  पूरुष १७३ रहेका छन । बचततर्फ आर्थिक वर्ष २०८०।०८१मा १ करोड ८६ लाख ९९ हजार २ सय २३ रुपैयाँ, कर्जा लगानी  ७८ लाख ५८ हजार रुपैयाँ, बचत फिर्ता १ करोड ४९ लाख १४ हजार ५ सय ३६ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कुल आम्दानी १५ लाख ४३ हजार ५ सय ७५ रुपैयाँ ७९ पैसा रहेकोे प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तले समाजमा सहकारी प्रति नकारात्मक समाचार मात्र आइरहेको बेलामा यस सहकारी अब्बल संस्थाहरूको सकारात्मक समाचार आउनु सुखद् भएको बताए ।

साधारणसभामा कञ्चनरूप नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी , वडा नं। ठ का वडा अध्यक्ष समानन्द चौधरी , मनोकामना महिला सहकारीकी अध्यक्ष भोज कुमारी कार्की , गोरराजा बाबा मन्दिर व्यवस्थापन समिति अध्यक्ष , मुखीलाल चौधरी, शिव पार्वती भजनेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष , लखन प्रसाद चौधरी, पत्रका अनिल पोखरेल लगायतले मन्तव्य राखेका थिए । भने संस्थाका शेयर सदस्य देवनन्दन चमारलाई मरणो उपरान्त नगद ५ हजारले सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  

साधारण सभा सभामा संस्थाका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार