मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

बधाई तथा शुभकामना कार्यक्रम

Ambika Dahal 19+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौँ  । नेपाल नेवा: राष्ट्रिय सङ्घले काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पदमा  नियुक्त सङ्घका महासचिव भाइकृष्ण बलामीलाई शनिबार  बधाई तथा शुभकामना कार्यक्रम गरेको छ।

नेकपा समाजवादी पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतीथी  श्रेष्ठले पार्टी भित्र कुमार र गणेशको प्रवृत्ति रहेको भन्दै जो नेताको वरिपरि घुम्छ  उसैले मात्र अवसर पाउने परम्परा रहेको भन्दै धार्मिक ग्रन्थको  गणेश र कुमारको कथालाई उदृत गर्नुभयो । अब पनि पार्टीमा यस्तै प्रवृत्ति रहे पार्टी अझ कमजोर हुँदै जाने बताउनु भयो ।  काठमाडौँ जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष भाइकृष्ण  बलामीलाई प्रमुख अतिथि श्रेष्ठले  खादा र अबिर लगाई बधाई दिनुभयो । बधाई पश्चात बलामीले आफू धेरै प्रायस पश्चात यस पदमा नियुक्त भएको र याँका काम गर्न धेरै चुनौती भएपनि चुनौती पश्चात अवसर हुने भएकोले आफूले राम काम गर्ने सोच राखेको बताउनु भयो । जाने बित्तिकै खेलकुद सम्बन्धी ८ वटा समिति गठन गरिसकेको बताउनु भयो । त्यहाँ आम्दानीको फाइल पेन्टिङमा रहेको २५/३० वटा सटरहरू रहेपनि आम्दानी नभएको जानकारीमा आएको बताए । आफू जतिन्जेल रहेपनि रहुन्जेल खेलकुद सम्बन्धी कार्यक्रम गर्ने , युवाहरूलाई खेलकुदमा आकर्षित अ गराउने जस्ता प्रतिबद्धता जनाउनु भयो ।  त्यसैगरी  सल्लाहकार  तथा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष रामेश्वर  श्रेष्ठले नेकपा एसको भर्खर सम्पन्न १० औं महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशनलाई लिएर धेरैको असन्तुष्टि रहेको बताउनु भयो। महाधिवेशनबाट  अध्यक्ष ,सम्मानित नेता र महासचिव बाहेक सबै पदमा निर्वाचन प्रक्रियामा जाने कुरा भएको भएपनि त्यसो नभई एक्कासि ९३ जनालाई केन्द्रिय कमिटीमा ल्याउँदा बाँकीको चित्त नबुझेको बताउनुभयो । कसैको माथिको पदमा जाने इच्छा थियो , कोही त्यही पदमा बस्ने र कोही छोडेर बस्ने इच्छा र कोही नयाँ पनि केन्द्रिय समितिमा आउँन इच्छुक हुँदाहुँदै यो प्रक्रियाले जिल्ला साथीहरू दोमन हुँदै फर्केका बताउनु भयो । अब के हुने नहुने भन्ने अन्योलमा रहेको र निराश  छाएको बताउनु भयो।  आफू आजसम्म कुनै पदको भोको नरहेको र कुनै नेतसङ केही माग्न नगएको पार्टीको इमानदार सिपाही रहेको बताउनु भयो । कार्यक्रममा गुरुङ सङ्घका अध्यक्ष गङा गुरुङ ,सल्लाहकार न्हुछे बहादुर धुकुछु ,पार्टी काभ्रे जिल्ला सचिव गोकुल गौतम ,समाजवादी प्रेस सङ्गठन नेपालकी संस्थापक केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाकी उपाध्यक्ष अम्बिका दहाल ( श्रेष्ठ ) लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । नेपाल नेवास् राष्ट्रिय सङ्घका केन्द्रिय अध्यक्ष माइला बाबु धौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सङ्घकी उपाध्यक्ष अमला श्रेष्ठले गर्नुभएको थियो ।त्यसैगरी सङ्घकी सचिव अम्बिका श्रेष्ठ र के। सदस्य देउलक्ष्मी स्याउलाले ड्स आसन सबैलाई खादा लगाई सगुन समेत बितरण गर्नुभएको थियो । नेकपा एसको केन्द्रिय कार्यालयमा भएको उक्त कार्यक्रममा कार्यक्रमको संचालन सङ्घका सचिव हरिगोपाल प्रधानाङ्गले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार