मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

बरमझिया सवारी दुर्घटना थप एकजनाको ज्यान गयो

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

कञ्चनरूप । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२, बरमझियामा आइतबार भएको सवारी दुर्घटनाका दुई जनाको ज्यान गएको छ । 
बिहान करिब ६ः३० बजे बस र मोटरसाइकल ठोक्किँदा धनकुटा सागुगढी गाउँपालिका–४ की ५४ वर्षीया मैयाँ राईको घटनास्थलमै मृत्यु भएको थियो भने यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते सप्तरीका कञ्चनरूप नगरपालिका–१ का मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डितको मङ्गलबार उपचारको क्रममा मृत्यु भएको हो ।  
ठक्करबाट गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात् तत्कालै विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा मङ्गलबार बिहान ८ः३० बजे मृत्यु भएको मृतक परिवारले जनाएको छ ।   
गाईघाटबाट काँकडभिट्टातर्फ तीव्र गतिमा जाँदै गरेको  प्र.१–०१–००१ ख ४१२६ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको स.५ प.१५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको          थियो ।
दुर्घटनामा २२ जना घाइते भएका थिए जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको थियो । अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार गरिएको थियो  ।
घाइते आठै जनाको विराटनगरमा उपचार भइरहेको तथा उनीहरूको अवस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले बताएका छन  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार