नेपालीहरूको महान् चाड बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा International Lucky Secondary School परिवारको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले आपसी सद्भाव, प्रेम, भाइचारा, सामाजिक एकता र सहिष्णुतालाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक सोच, असल संस्कार र मानवीय मूल्यको विकास गर्न प्रेरणा प्रदान गरून्। शिक्षा, संस्कार र उज्ज्वल भविष्य निर्माणको हाम्रो साझा अभियानले थप ऊर्जा प्राप्त गरोस्। सबैको जीवनमा सुख, शान्ति, खुसी र समृद्धिको नयाँ उज्यालो छाओस्।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
Pappu Gupta
Founder & Principal
International Lucky Secondary School
कञ्चनरूप–८, सप्तरी