मुख्य समाचार
सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

सप्तरीमा एचआईभी एड्स संक्रमण फैलने खतरा कायमै हालसम्म १८७ जना संक्रमित फेला परे

Kanchan24 330+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

कञ्चनरुप । सप्तरीमा हालसम्म एचआईभी संक्रमित फेला परेको तयाकंक हेर्दा दुईवडा पालिका उच्च जोखिम रहेको देखिन्छ ।  

३७औँ विश्व एड्स दिवस  अवसरमा आयोजित कार्यक्रममा सहयोगी समाजका कार्यक्रम संयोजक प्रदिप लामिछानेले सप्तरीमा हालसम्म १८७ जना एचआईभी संक्रमित फेला परेको बताएका छन ।

सप्तरीका १८ वटै पालिकाहरूमध्ये राजबिराज कञ्चनरुप नगरपालिका जोखिम उच्च रहेको कार्यक्रम संयोजक लामिछानेले बताए ।

राजबिराज नगरपालिका मा पुरुष ८, महिला १० र अन्य २ गरि जम्मा २० जना  एचआईभी संक्रमित रहेका छन भने जिल्लाकै अर्को कञ्चनरुप नगरपालिका १९ जना संक्रमित रहेको छन जसमा ८ पुरुष, ८ महिला, १ जना अन्य लिंगी र २ जना वेपत्ताको सुचिमा छन ।

त्यस्तै शम्भुनाथ नगरपालिकामा पुरुष ६, महिला ४ र अन्य १ गरि जम्मा ११ जना खडक गरपालिकामा पुरुष १० र महिला ६ गरि जम्मा १० ,सुरुन्ङ्गा नगरपालिकामा २ जना पुरुष ,बलान बिहुल गाउपालिकामा पुरुष ४ र महिला ४ गरि जम्मा ८ जना, बोदेबर्सन नगरपालिकामा पुरुष ६ र महिला १ गरि जम्मा ७ जना रहेका संयोजक लामिछानेले बताए ।

यसैगरी डाक्नेश्वरी नगरपालिकामा पुरुष ८ र महिला ७ गरि जम्मा १५ जना , छिन्नामस्ता गाउपालिकामा पुरुष ७, महिला ७ र अन्य १ गरि जम्मा १७ जना , हनुमान नगर नगरपालिकामा पुरुष ८ र महिला ९ गरि जम्मा १७ जना  भन भने कृष्ण शवरन गाउपालिकामा पुरुष २ र महिला ५ गरि जम्मा ७ जना रहेको उल्लेख छ ।

यता महादेव गाउपालिकामा पुरुष १ र महिला १ गरि जम्मा २ जना, तिलाठि कोइलाडि गाउपालिकामा पुरुष २ जना ,बिशनुपुर गाउपालिकामा २ जना पुरुष रुपनी गाउपालिकामा १ जना पुरुष र २ जना महिला गरि जम्मा ३ जना छन भने राजगड गाउपालिकामा पुरुष २ , महिला ३ अन्य १ गरि जम्मा ७ जना , सप्तकोसी गाउपालिकामा १ जना पुरुष र १ जना महिला गरि जम्मा २ जना छन उस्तै  तिहुत गाउँ पालिकामा पुरुष २ र महिला १ गरि जम्मा ४ जना संयोजक लामिछानेले बताए ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले ३७औं विश्व एड्स दिवसको अवसरमा जनचेतनामूलक ¥याली सम्पन्न गरेको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नाराका साथ आयोजना गरिएको ¥याली कंचनपुर वेरियरबाट सुरु भई नगरपालिकाको प्राङ्गणमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार