मुख्य समाचार
संस्कृति संरक्षणमा राजनीति होइन, साझा प्रतिबद्धता चाहिन्छ : सांसद कर्ण | आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी | गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल |

प्याकुरेलको सरकारविरोधी भाषणपछि कर्णको प्रतिवाद—‘राजनीति गर्न फिल्डमा आउनुस्’

Kanchan24 384+ समाचार ( )
८ कार्तिक २०८३, आइतबार

कञ्चनरूप । सप्तरीको रूपनगरस्थित नन्दराज सङ्ग्रौला क्याम्पसको वार्षिक साधारण सभामा एमाले नेता सुमनराज प्याकुरेल र प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णबीच सरकार, जेनजी आन्दोलन र राजनीतिक आन्दोलनको व्याख्यालाई लिएर मतभिन्नता देखिएको छ।
कार्यक्रममा एमाले नेता प्याकुरेलले जेनजी आन्दोलनपछि बनेको सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री बालेन संसद्मा नगएको र जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका थिए। उनले सरकारको संसदीय भूमिका र जनताप्रतिको जवाफदेहिताबारे प्रश्न उठाएका थिए।
प्याकुरेलको अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै सांसद कर्णले विगतका राजनीतिक आन्दोलनलाई स्वीकार गर्ने तर जेनजी आन्दोलनलाई मात्रै अराजक भन्ने दृष्टिकोणमाथि प्रश्न गरे। उनले २०४६ सालको जनआन्दोलन, माओवादी आन्दोलन, २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनको सन्दर्भ उल्लेख गर्दै झापा आन्दोलनको व्याख्याबारे समेत प्रश्न उठाएका थिए।
‘४६ सालको आन्दोलन तपाईंहरूको आन्दोलन, माओवादी आन्दोलन तपाईंहरूको राजनीतिक आन्दोलन, ६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनचाहिँ आन्दोलन हुने, २०८२ को जेनजी आन्दोलनचाहिँ अराजक हुने? झापा आन्दोलनलाई चाहिँ के भन्ने?’ कर्णले प्रश्न गरेका थिए।
कर्णले शैक्षिक संस्थामा राजनीतिक विषयमा बहस गर्नुभन्दा संस्थाको शैक्षिक उन्नति र प्रगतिलाई प्राथमिकता दिनुपर्ने बताए। राजनीतिक बहस गर्न चाहे उपयुक्त मञ्चमा आउन आग्रह गर्दै उनले भने, ‘शैक्षिक संस्थामा राजनीतिकरण गर्ने हो भने आउनुस् फिल्डमा राजनीति गर्न, हामीलाई पनि आउँछ।’
इन्जिनियरिङ अध्ययन गर्दै राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै कर्णले आफू पनि राजनीतिक बहस गर्न सक्षम रहेको बताएका थिए। उनले क्याम्पसको कार्यक्रममा राजनीतिक आरोप–प्रत्यारोपभन्दा शैक्षिक गुणस्तर, संस्थाको विकास र विद्यार्थीको भविष्यबारे छलफल हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

Prabin k. Pokharel ९ कार्तिक २०८३, सोमबार

Karna jee is absolutely right, Bhrasta pahila ke neta harule sabai education sector dhwasta gare, jhole haru ko Bharti Kendra banayera, Still they are barking like a dog, Shame, what a shame

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार