मुख्य समाचार
गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल | नगर विकासको नेतृत्व गर्ने लक्ष्यसहित माधव चौधरीको नगर प्रमुखमा दाबी | सप्तरीको पातोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, आमा–छोरा घाइते |

कञ्चनरूपको बदगामामा आगलागी : ९ परिवारको उठिबास, लाखौँको क्षति

Kanchan24 382+ समाचार ( )
२९ असोज २०८३, बिहीबार

कञ्चनरूप । बुधबार राति लागेको आगोले सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामाका नौ परिवारको घर र घरभित्रका सरसामान खरानी बनाएको छ। रातको सन्नाटामा सल्किएको आगोले घरसँगै वर्षभरि खान सञ्चित गरिएको अन्न, लत्ताकपडा र दुःख गरेर जोगाएको नगदसमेत नष्ट भएपछि पीडित परिवारको बिचल्ली भएको छ।

स्थानीयका अनुसार बुधबार राति करिब १० बजे सुरु भएको आगलागीबाट नौ परिवारका १३ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ।

आगलागीबाट पाचु पासवानका तीनवटा, मञ्जु पासवानका तीनवटा, दिनेश पासवान ९भगलु० को एउटा, राजकुमार पासवान ९गरमदल० को एउटा, गजेन्द्र पासवानको एउटा, पवन पासवानको एउटा, खिखरी पासवानको एउटा, लल्लु पासवानको एउटा र महेन्द्र पासवानको एउटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

आगलागीमा घरसँगै नगदसमेत जलेर नष्ट भएको छ। राजकुमार पासवानको घरमा राखिएको ४० हजार रुपैयाँ र गजेन्द्र पासवानको घरमा रहेको २५ हजार रुपैयाँ आगोले नष्ट गरेको बताइएको छ। घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीसमेत जलेपछि पीडित परिवारलाई अब कहाँ बस्ने र दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता थपिएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासी तत्काल जुटेका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली तथा राजविराज, हनुमाननगर कंकालिनी, रुपनी र कञ्चनरूपलगायतका स्थानबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिएका छन्।

आगलागीबाट घरबारविहीन बनेका परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, अस्थायी बसोबास र अन्य आवश्यक राहत सामग्रीको खाँचो देखिएको छ। प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न स्थानीय सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजकुमार पासवानले स्थानीयवासी, संघसंस्था, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई सहयोगका लागि अपिल गरेका छन्।

उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय स्तरबाटै सहयोग जुटाउनुपर्नेमा जोड दिएका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार